पानीमा डुबाउँदा केहि नहुने ओमोडा ई-५

काठमाडौं । विद्युतीय गाडी पानीमा डुब्दा आउने समस्याको विषयमा धेरै चर्चा हुँदै आएको छ । केहि दिनअघि बेलायतमा टेस्ला मोडल वाई पानीमा डुबेको समाचारले सनसनी मच्चाएको थियो ।

चिनियाँ ब्राण्ड चेरीको इलेक्ट्रीक सब ब्राण्ड ओमोडा ई-५ ले पानीमा डुवाएर गरेको परिक्षण पास गरेको छ । कम्पनीले गाडीमा प्रयोग भएको विद्युतीय मोटर र ब्याट्री सुरक्षामा आधारित रहेर परिक्षण गरेको थियो । यी दुबै परिक्षणमा सफलता पाएको कम्पनीले जनाएको छ ।

पानी छिचोल्ने वाटर वेडिङ्ग परिक्षणले ओमोडा ई-५ लाई वाटरप्रुफ प्रमाणित गरेको छ । परिक्षणका क्रममा, ओमोडा ई–५ को अगाडि ग्रिलसम्म आउने गरी पानीमा डुवाईएको थियो । उक्त परिक्षणमा गाडीले सफलता पाएको हो ।

अण्डरबडी स्क्रापिंग परीक्षण पनि सफलता पूर्वक भएको कम्पनीको भनाइ छ । कम्पनीले बडीको तल्लो भागमा हुनसक्ने सम्भावित ठक्करलाई ध्यान दिएर परिक्षण गरेको थियो । यस परीक्षणमा ओमोडा ई-५ ले २१० एमएम उचाईको फलामे पोष्ट पार गरेको थियो । त्यसले गाडीको तल्लो भागमा कुनै समस्या भएन ।

नेपाली बजारमा ५९ लाख ४९ हजार मूल्य तोकेर बुकिङ लिइरहेको ओमोडा ई-५ ले निकै राम्रो बुकिङ पाइरहेको आधिकारीक बिक्रेता एसपीजी आटोमोवाइलले जनाएको छ । यसमा बीवाइडीको सहायक कम्पनी फिन ड्रिम्सले बनाएको ब्लेड ब्याट्री प्रयोग गरिएको छ ।


Back_to_top