चुपचाप बलियो बन्दै ओरा-थ्री, यस्तो छ आयात

काठमाडौं । साउनदेखि माघसम्मको आयातलाई हेर्दा ग्रेटवाल मोटर्सको ओरा-थ्री राम्रै संख्यामा आयात भएको देखिन्छ । भिजी इम्पेक्सले नेपाल ल्याएर बिक्री वितरण गर्दै आएको ओरा-थ्री एक क्लासिक डिजाइनमा तयार भएको कार हो ।

साउनदेखि नेपालमा नियमित आउन थालेको ओरा-थ्री साउनमा २० यूनिट, भदौमा ६ यूनिट, असोजमा ९ यूनिट, कार्तिकमा १८ यूनिट, मंसिरमा २ यूनिट र पुसमा १० यूनिट आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

चालु आर्थिक वर्षको ७ महिनामा कम्पनीले ६५ यूनिट ओरा-३ आयात गरेको देखिन्छ । पृथक डिजाइन र आरामदायी फिचरसहित आएको ह्याचव्याक निकै लोभलाग्दो देखिन्छ । त्यसैले चुपचाप रुपमै राम्रो संख्यामा नेपाल आउन सफल भएको हो ।

फक्सवागेन विटलको झल्को दिने ओरा-थ्री को मूल्य ४७ लाख ४९ हजार रुपैयाँ रहेको छ । ओरा-थ्रीमा ४७.७८ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक छ ।

एक पटकको फुल चार्जमा ४०० किलोमिटरको रेन्ज दिने दावी गरिएको कारमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसको मतलव कारले अधिकतम १३३ हर्सपावर र २१० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

ह्याचव्याक डिजाइनमा बनेको भएता पनि यो कारको लम्बाई ४२३५ एमएम, चौडाई १८२५ एमएम, उचाई १६०३ एमएम तथा २६५० एमएमको ह्वीलवेस रहेको छ ।

कारलाई प्रिमियम बनाउन यसको क्याविनलाई उत्कृष्ट फिचरले भरिपूर्ण बनाइएको छ । दुुई वटा १०.२५ इन्चको डिस्प्ले प्यानल, वायरले मोवाइल चार्जिङ प्याड, सिक्सवे पावर एड्जस्ट ड्राइभर सिट, अटोडिमीङ रियरभ्यू मिरर, ३६० डिग्री क्यामरा यसमा पाउन सकिन्छ ।

कम्फर्ट र कन्भेनियन्सका लागि ओरा-थ्रीमा ठूलो र फराकिलो क्याविन, पानोरामिक सनरुफ, लेदर सिट, सिक्स-वे ड्राइभर पावर सिट, अटोमेटिक एयर कन्डिसनर, एडप्टिभ क्रुज कन्ट्रोल, ५ फरक ड्राइभिङ मोड दिएको छ ।

सुरक्षाको लागि कम्पनीले यसमा ७ वटा एयरव्याग, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल , ट्र्याक्सन कन्ट्रोल सिस्टम , इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सुरक्षा फिचरहरु दिएको छ ।

क्लासिक डिजाइनमा तयार भएको ओरा-थ्रीमा १८ इन्चको अलोय ह्वील, एलइडी डीआएल, प्रोजेक्टर हेड ल्याम्प, एलइडी टेल ल्याम्प पाउन सकिन्छ ।


Back_to_top