होन्डा सिबी हर्नेट १६० स्क्राम्बलर आउँदै

काठमाडौं । होन्डाले सिबी हर्नेट मोटरसाइकलमा आधारित नियो–रेट्रो स्क्राम्बलर स्टाइलको प्रिमियम कम्युटर मोटरसाइकल निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले उक्त मोडलको प्याटेन्ट इमेज सार्वजनिक गर्दै कम्पनीले नियो–स्पोर्ट क्याफे कन्सेप्टमा निर्माण हुने जनाएको छ ।

उक्त नयाँ मोडलमा एयर कुल्ड इन्जिन तथा फ्रेम, अलोय ह्वील, सिंगल डाउन ट्युब चेसिसको फिचर दिइएको छ । सिबी हर्नेटकै डिजाइनमा निर्माण हुने सो मोडलमा फ्रन्ट यूएसडी सस्पेन्सन हुनेछ ।  यो मोडल सिबी हर्नेट १६० आरको परिमार्जित संस्करण हो वा पूर्ण रुपमा नयाँ मोडलको रुपमा  आउने भन्नबारे कम्पनीेले कुनै जानकारी गराएको छैन ।

उक्त मोडलमा सिबी ३०० आर र सिबी १००० आरको जस्तै राउन्ड हेडल्याम्प, मस्कुलर  र चिसेल्ड बडिवर्क, स्लिक टेल सेक्सनको फिचर  दिइएको छ । नयाँ मोडलमा बिएस ६ मापदन्डमा आधारित पावरट्रेन लगाइने कम्पनीले जनाएको छ । युरोपीयन मार्केटका लागी निर्माण गरिने यो मोडल भारतीय बजारमा सार्वजनिक हुँदा कम्युटर  मोटरसाइकलको रूपमा भित्रिने छ ।


Back_to_top