सुजुकी हायाबुसाको नयाँ संस्करण सार्वजनिक

सुजुकीको प्रिमियम मोटरसाइकल  हायाबुसाको नयाँ संस्करण  भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले बुसाको २०२० सस्करण भारतीय बजारमा सार्वजनिक गरेको हो । यसको एक्स शोरुम  मूल्य १३ लाख ७४ हजार भारु तोकेको छ ।

कम्पनीले यो मोटरसाइकललाई दुई कलरमा ल्याएको छ ।  मेटालिक थन्डर ग्रे र क्यान्डी डेरिङ रेडमा उपलब्ध सो सुपरबाइक बीएस–४ इन्जिनमै सार्वजनिक गरेको छ । 

बुसामा  पुरानै इन्जिना रहेको छ । यसमा १३४० सीसी इनलाइन ४ सिलिन्डर,  लिक्वीड कूल्ड, एफआई इन्जिन रहेको छ, यो इन्जिनले १९७ बीएच पावर तथा १५५ एनएम टर्क जेनेरेट गर्छ । यो इन्जिनमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको फ्रन्टमा डबल तथा रियरमा सिगंल डिस्क ब्रेक उपलब्ध छ भने डबल च्यानल एबीएस उपलब्ध रहेको छ । 

यो मोटरसाइकल कम्पनीले सिमित संख्यामा मात्र निमार्ण गर्ने जनाएको छ ।


Back_to_top