फोटोन मोटर्सको अब देशभर सर्भिस नेटवर्क

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो सर्भिस नेटवर्क देशभरि विस्तार गरेको जनाएको छ । “देशको अधिकांस ठाउँबाट ग्राहकले अव सेवा लिन पाउने छन् ।

कम्पनीले देशका २५ भन्दा बढी वर्कसपबाट ग्राहकलाई सेवा दिने जनाएको छ । कम्पनीको सेवा लिन ग्राहकले एक घण्टा समय खर्च गरे पुग्ने कम्पनीको दावी छ ।

कम्पनिका सर्भिस हेड विदेश मान सिंह डंगोल भन्छन्, ‘एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि ग्राहकसँग निरन्तर सम्बन्ध राम्रो बनाई राख्न चाहन्छ। त्यसैले आफुहरु आउने बर्षमा पनि आक्रामकरुपमा सर्भिस नेटवर्क विस्तार गर्ने योजना छौं ।’

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९ सिट क्षमताको भ्यान भ्यु सीएस२ एल र १६ सिट क्षमताको भ्यान भ्यु सीएस२ र विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।


Back_to_top