भारतमा विमानस्थलमै विमान दुर्घटना, उपमुख्यमन्त्रीको निधन

काठमाडौं । भारतको महाराष्ट्रस्थित बारामती विमानस्थलमा चार्टर्ड विमानस्थल दुर्घटना भएको छ ।

बुधबार बिहान मुम्बईबाट उडेको उक्त विमान बारामतीस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त विमान दुर्घटनामा परेको हो ।

विमान दुर्घटनामा परी महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले दुर्घटनामा कोही पनि जीवित नभएको पुष्टि गरेको छ।

मृतकमध्ये एक पाइलट र एक चालक दलका सदस्य रहेका छन्। अन्य दुई जना भने अजित पवारका सहयोगी भएको बताइएको छ ।

स्थानीय उद्धार तथा उड्डयन अधिकारीहरूले घटनाको कारण पत्ता लगाउने काम गरिरहेका छन्। घटनाको थप विवरण आउन बाँकी छ ।


Back_to_top