नेपाल नआउदै होन्डाले बढायो भारतमा अमेजको मूल्य

होन्डाले नयाँ मोडलको पेट्रोल भेरिएन्ट अमेजको मूल्यमा वृद्धि गरेकाे छ । कम्पनीले अमेजको मूल्य ५ लाख ५९ हजार भारतीय रुपैयाँबाट बढाएर ५ लाख ८१ हजार बनाएको छ । 

त्यस्तै होन्डा अमेजको अन्य भेरिएन्टको मूल्य पनि वृद्धि भएको छ । अमेजको मूल्यमा होन्डाले ११ हजारदेखि ३१ हजारसम्म मोडल अनुसार वृद्धि गरेको छ । 

होन्डाले नयाँ अमेजलाई यसै वर्ष बजारमा सार्वजनिक गरेको थियाे । अमेज बजारमा आए लगत्तै होन्डाको माग अत्याधिक वृद्धि भएको थियो । 

होन्डा अमेजले जुलाई, २०१८ मा नयाँ रेकर्ड कायम राखेको छ  । यो महिनामा कम्पनीले अमेजको १० हजार १८० यूनिट बिक्री गरेको छ । 

भारतीय बजारमा होन्डाको कुल बिक्रीमा अमेजले ५१ प्रतिशत हिस्सा ओगटेको छ । नेपाली बजारमा ल्याउने तयारी भइरहेको होन्डाको नयाँ जेनेरेसन अमेज नेपाल नआउँदै महंगो भएको छ । नेपालमा होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ कम्पनी रहेकाे छ । 


Back_to_top