विश्व बजारमा सबैभन्दा धेरै इलेक्ट्रीक कार बिक्री भएको मोडल हो ‘निशान लिफ’ । यसलाई कम्पनीले परिस्कृत गर्दै ‘लिफ निस्मो रेसिङ’ काे नामबाट बजारमा ल्याएको छ ।
जापानीज कार निर्माता कम्पनी निसानले सो कारको कन्सेप्ट गत वर्षको टोकियो मोटर शोमा सार्वजनिक गरिएको थियो । अब कम्पनीले उक्त इलेक्ट्रीक कार जापानीज बजारमा बिक्री वितरण सुरु गरेको छ ।
निसान लिफको नयाँ भर्सन लिफ निस्मोमा धेरै अपग्रेड गरिएको छ । यसमा निस्मो रोड कार सिरिजको लेयर्ड डबल विंग्स उपलब्ध छ । लो सेन्टर अफ ग्राभिटीका कारण यसको पर्फमेन्स राम्रो हुने कम्पनीले दाबी गरेको छ ।
यो कारले एक पटकको फुलचार्जमा ३२१ किलोमिटर माइलेज दिने छ भने यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा २८ देखि ३० हजार अमेरिकी डलर पर्ने छ ।
यस कारमा १८ इन्चको एलोय ह्वील दिइएको छ । जापानीज बजारमा यो कार ९ कलर अप्सनमा उपलब्ध भएको छ ।
कारको बाहिरी र भित्री डिजाइन निकै नै स्टाइलिस बनाइएको छ, यसमा कस्टम ट्युन्ड इलेक्ट्रिक पावर स्टेयरिङ र इन्टेलिजेन्ट ट्रेस कन्ट्रोल दिइएको छ । जसले कारको एक्सिलरेसन राम्रो बनाउने छ । त्यसैगरी कार ह्यान्डलिङ र कम्फर्ट राइडका लागि कस्टम टायर र सस्पेन्सन उपलब्ध रहेको छ ।
यसको क्याबिनमा पनि निकै परिवर्तन गरी स्पोर्टी बनाइएको छ । यसमा थ्री स्पोक एलोय ह्वील, कार्बन लाइक फिनिसिङ भएको इन्स्ट्रयुमेन्ट प्यानल र गन मेटल क्रोम फिनिसिङ भएको इलेक्ट्रोनिक सिफ्ट उपलब्ध छ ।
यो कारले एक पटकको फुलचार्जमा ३२१ किलोमिटर माइलेज दिने छ भने यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा २८ देखि ३० हजार अमेरिकी डलर पर्ने छ ।


