काठमाडौं । आउँदै गरेका चाडपर्व लक्षित गर्दै विभिन्न कम्पनीले ग्राहकमैत्री स्कीम संचालन गरिरहेका छन् । यसै क्रममा प्रोटोनको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले पनि स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको स्कीम ‘गन्तव्य खुशीयालीको’ नारा दिएको छ । यस योजना अन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाउन सकिन्छ । साथै, एक वर्षको वार्षिक राजस्व शुल्क र बीमा पनि कम्पनीले दिनेछ ।
अहिलेको समयमा बैंकले गाडी किन्नेलाई कर्जा उपलब्ध नगराएको कारण जगदम्बा मोटर्सले सहज इन-हाउस फाइनान्स सुविधा, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पनि दिने जनाएको छ ।
कम्पनीले संचालन गरेको स्कीम सागा सेडान, एक्स ५० कम्प्याक्ट एसयूभी र एक्स ७० एसयूभीमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना भाद्र ३० गतेदेखि सिमित अवधिको लागि लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।