युक्रेनी राष्ट्रपति सवार कार दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। बुधबार राष्ट्रपति जेलेन्स्की सवार कारलाई अर्को कारले ठक्कर दिएको हो ।

युक्रेनको राजधानी किएभमा भएको कार दुर्घटनामा जेलेन्स्कीलाई कुनै चोट भने लागेको छैन । राष्ट्रपतिको स्वास्थ्य परीक्षण गर्दा चोट पटक नदेखिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ बताएका छन् ।

राष्ट्रपति सवार गाडीलाई ठक्कर दिएका कार चालक भने घाइते भएका छन्। उनी अस्पतालमा उपचाररत छन्।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


Back_to_top