चितवन । चितवनको नारायणघाटमा प्रिमियम इलेक्ट्रीक सवारी ब्राण्ड प्रोटोन इमासको नयाँ थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शोरुम संचालनमा आएको छ ।
नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले देशव्यापी आफ्नो नेटवर्क विस्तार गर्ने क्रममा नारायणघाटमा नयाँ शोरुम संचालनमा ल्याएकोे हो ।
नयाँ शोरुमबाट ग्राहकले एकै स्थानमा बिक्री, सेवा र जेन्युन स्पेयर पार्ट्स सहितको सुविधा पाउने छन् । यसले प्रोटोन इमासको नेपालका ग्राहकहरूलाई सहज, भरपर्दो र सन्तोषजनक विद्युतीय यातायात सुविधाप्रतिको प्रतिबद्धता झल्काएको छ ।
शोरुम उद्घाटनको अवसरमा प्रोटोन इमास सेभेनको प्रदर्शन र ग्राहकसँगको अन्तरक्रियात्मक सत्रसमेत आयोजना गरिएको थियो ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले नारायणघाट शोरुम संचालनसँगै प्रोटोनको आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई ग्राहक बीच झन नजिक ल्याएको बताए ।
नारायणघाट शोरूम हाम्रो प्रयासको परिणाम हो, जसले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई ग्राहकको नजिक ल्याउँछ । चितवनको तीव्र विकसित शहरी परिवेश र वातावरणप्रति सचेत ग्राहकहरूले यो स्थानलाई विद्युतीय यातायातको केन्द्र बनाउने विश्वास हामीले लिएका छौं, उनले भने ।
नारायणघाट शाखा थपिएसँगै प्रोटोन इमासले नवप्रवर्तन, विश्वसनीयता र दिगो यातायातका वचनलाई पूरा गर्दै नेपालभर आफ्नो सञ्जाललाई अझ सुदृढ बनाएको छ । ब्राण्डले हरेक ग्राहकले विश्वस्तरीय ईभी स्वामित्वको अनुभव दिने लक्ष्यका साथ विद्युतीय यात्राको भविष्य निर्माण गर्ने आफ्नो प्रतिबद्धता जारी राखेको छ ।


