बजाज पल्सर १२५ को नेपालमा बुकिङ खुल्ला, कति पर्ला मूल्य ?

काठमाडौं । केही महिनाअघि भारतीय बजारमा सार्वजनिक भएको बजाज पल्सर १२५ को नेपाली बजारमा बुकिङ खुल्ला भएको छ । अबको केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरेको बजाज पल्सर १२५ को बुकिङ खुल्ला गरेको हो ।

बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले नेपालमा नै एसेम्बल गरेको बजाज पल्सर १२५ केही दिन भित्र सार्वजनिक गर्ने जनाएको हो ।

यो मोटरसाइकल खरिद गर्न चाहाने ग्राहकले बजाजको आधिकारिक शोरुममा बुकिङ गर्न सक्नेछन् । यसको मूल्य बारे भने कम्पनीले जानकारी दिएको छैन । यद्यपी यसको मूल्य १५० भन्दा कम हुनेछ । हाम्रो अनुमान अनुसार यसको मूल्य २ लाख २० हजारदेखि २ लाख ३० हजार हारहारीमा पर्नेछ ।

अहिले नेपाली बजारमा पल्सर ब्रान्ड नेमबाट बिक्री हुँदै आएको १५०, १६०, २००, र २२० सीसी इन्जिन क्षमताका मोटरसाइकल छन् । यी सबै पल्सर र पल्सर एनएस सिरिज नेपालमा नै एसेम्वल भइरहेका छन् ।

यस्तो छ पल्सर १२५

यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ । मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

नियोन ब्ल्यू, सोलार रेड र प्लाटिनम सिल्भर कलरमा आएको यो बाइक सेग्मेन्ट लिडर हुने दाबी कम्पनीले गरेको छ ।

यो मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ ।


Back_to_top