टाटा मोटर्सले ल्यायो स्प्रीङ्ग बोनान्जा अफर

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको अधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले स्प्रीङ्ग बोनान्जा कार्यक्रमकोे आयोजना गर्न लागेको छ । यो कार्यक्रम फाल्गुन ३० गतेदेखि चैत्र २ गतेसम्म थापाथली स्थित टाटा मोटर्सको सोरुममा आयोजना गर्न भएको हो ।

ग्राहकहरुले टाटाको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, जेन्युइन एशोसरीज, एक वर्षको सवारी कर, गाडिको डेलिभरीमा मोवाईल फोन, प्रत्येक गाडीको मुल्याङ्कनमा कार पर्फ्युम, डोर प्राईज र प्रत्येक टेस्ट ड्राईभमा एक जोडीलाई मुभि टिकेट तथा विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन् ।


Back_to_top