बजाजको नयाँ पल्सर १५० लिमिटेड भर्सन कुनै हल्लाखल्ला बिनानै भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले रेगुलर पल्सर १५०मा कस्मेटीक परिर्वतनगरि बजारमा सार्वजनिक गरेको हो ।
पल्सरको लोगो तथा केही अन्य भागमा रातो कलर प्रयोग गरिएको छ भने, दुई कलर अप्सनमा बजारमा ल्याइएको छ । कालो र रातो तथा कालो र सिल्भर कलरमा आएको नयाँ स्पेशल भेरिएन्टमा अन्य परिर्वतन गरिएको छैन ।
कालो र रातो कलरमा उपलब्ध बाइकमा लोगो, ग्रयाबरेल र पाइलट ल्याम्प हाउजिङमा रातो स्टिकर दिइएको छ । रातो कलरलको सिट स्टीचीङ दिइएको बाइकमा फियुल ट्याङ्की भने कालो कलरको दिइएको छ । यसको इस्ट्रुमेन्ट क्लस्टरमा कार्वन फाइवल फिनिसिङ दिइएको छ ।
पल्सरको लोगो फियुल ट्याङकको मध्य भागमा प्रयोग गरिएको छ, उक्त लोगो रातो कलरमा नै देखिएको छ । टेल पार्टमा पल्सर १५० को लोगो लगाइएको छ ।
पल्सर १५०को रेगुलर भर्सनमा १४९ सीसी एयरकूल्ड इन्जिन रहेको बाइकको पफर्मेन्स इम्प्रुभका लागि ट्वीकिङ्गहरू दिइएको छ ।
यसमा लगाइएको इन्जिनले १४ पीएस र १३।४ एनएम(टर्क उत्पादन गर्छ । फाइभ स्पीड गियरबक्स जडान गरिएको पल्सर १५० यो सेग्मेन्टमा निकै पावरफुल बाइकमा पर्दै आएको छ ।
यसको भारतीय बजारमा मूल्य ६५ हजार भारतीय रुपैयाँ तोकिएको छ ।

