होन्डाले भारतीय बजारमा २ करोड ५० लाख युनिट स्कुटर बिक्री गरेर नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीले यो उपलब्धी १७ वर्षमा प्राप्त गरेको हो ।
कम्पनीले सुरुवाति १३ वर्षमा १ करोड युनिट स्कुटर बिक्री गरेको थियो भने, पछिल्लो ४ वर्षमा १ करोड ५० लाख युनिट बिक्री गर्न सफल भएको छ ।
भारतमा सन् २०००मा होन्डाले आफ्नो पहिलो स्कुटर एक्टिभालाई बजारमा ल्याएको थियो । अहिले भारतमा स्कुटर सेग्मेन्टको बजार करिब ३२ प्रतिशत रहेको अनुमान गरिएको छ । जसमा होन्डाले करिब ५७ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
भारतीय बजारमा २ करोड युनिटभन्दा धेरै बिक्री एक्टिभाको रहेको छ भने, अन्य मोडलमा डियो, एभिएटर, गौजियालगायतका मोडल रहेका छन् ।
‘होन्डा एक्टिभाले भारतीय राइडरको तरिका नै परिवर्तन गरेको छ । २ करोड ५० लाख स्कुटर बिक्री गरेको उपलक्ष्यमा होन्डाको तर्फबाट सम्पूर्ण ग्राहकहरुलाई धन्यवाद दिन चाहन्छु’ होन्डा मोटरसाइकल एण्ड स्कुटर इडिन्याका सिनियर भाइस प्रेसिडेन्ट, सेल्स एण्ड मार्केटिङ यादविन्दर सिंहले भने ।

