महानगरले ल्याउने भनेको ब्रुमर आउन अझै दुई महिना लाग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाको धुलो सफा गर्न इटालीबाट १२ करोडरुपैयाँमा खरिद गरेको ५ वटा ब्रुमर अझै नेपाल आउन सकेको छैन ।   

काठमाडौं महानगरपालिकाले खरिद गर्ने ति ब्रुमरयन्त्र मंसिरको पहिलो हप्ता आउने भनिएपनि अझै दुई महिना लाग्ने भएको हो ।

महानगरपालीकाले ल्याउने उक्त ब्रुमर ल्याउने केही प्रक्रिया बाँकी रहेकाले फागुनको पहिलो सातादेखि मात्र उक्त यन्त्रको प्रयोग गर्न सकिने जनाएको छ ।

हाल महानगरले कुचोले बढारेर धूलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गर्ने गरिरहेको जनाएको छ । 


Back_to_top