कार्लोस गोसन रेनोको नेतृत्व लिन लायक छैनन्: फ्रान्सका अर्थमन्त्री मायर

फ्रान्सका अर्थमन्त्री ब्रुनो ली मायरले कार्लाेस गोसन रेनो कम्पनीको नेतृत्व लिन लायकको नभएको बताएका छन् । 

निशान मोटर्सका चेयरम्यान तथा रेनोको सीईओ गोसन आर्थिक हिनामीनाको आरोपमा टोकियोबाट सोमबार पक्राउ परेसंगै मन्त्री मायरले रेनोको नेतृत्व गोसनलाई दिन नहुने बताएका हुन् । फ्रान्स सरकारको १५ प्रतिशत लगानी रेनोमा रहेको छ ।  

जापनीज प्रोसिक्यूटरहरुले आयस्रोतको विषयमा प्रश्न गरेसंगै उनि र अर्का डाइरेक्टर ग्रेग केलीलाई छानविनको लागि पक्राउ गरिएको थियो । 

टोकियोको डिष्ट्रिक पब्लिक प्रोसिक्यूटर अफिसले निशानका चेयरम्यान गोसनलाई फाइनान्सीयल इन्टुमेन्ट्स तथा एक्चेन्ज याक्टको उल्लंघनको आरोपमा पक्राउ गरेको जनाएको छ । निशानले गोसन र रिप्रेजेन्टेटिभ डाइरेक्टर गेग केलीका सम्बन्धमा धेरै महिना अगाडिदेखि अनुसन्धान गरिरहेको जनाएको छ । 

उक्त अनुसन्धानबाट धेरै बर्षदेखि गोसन र केलीले टोकियो स्टक एक्चेन्ज सेक्यिुरेटिजलाई बुझाएको डिस्क्लोजर रिपोर्ट भन्दा निशानबाट बुझेको रकम धेरै बढि रहेको जनाइएको छ ।

निशानले कम्पनीको सम्पती हिनामिना गरेको भन्दै उनीमाथि आन्तरिक सोधपुछ गरिरहेको छ । रेनो, निशान र मित्सुबिसीको एलायन्स दुई दशकदेखि निर्माण भएको हो । निशान र फे्रन्च सरकारको रेनोमा १५–१५ प्रतिशत सेयर रहेको छ भने, रेनोको निशानमा ४३ प्रतिसत सेयर रहेको छ ।

उता रेनोको संचालक समितिको बैठक बिहिवार बस्दैछ । उक्त बोर्डले कम्पनीको सीईओ गोसनका विषयमा निर्णय गर्नेछ । 


Back_to_top