मूल्यमा ठूलै अन्तर रहेको पल्सर १५० र होन्डा एक्सव्लेडमा यस्ता छन् भिन्नता

काठमाडौं । नेपाली बजारमा मोटरसाइकल बिक्रीमा तिब्र प्रतिस्पर्धा चलिरहेको छ । यस्तोमा बजारमा सर्वाधिक बिक्री हुने मध्यका दुई मोडलको बारेमा हामीले केही तुलनातमक भिन्नता खोज्ने प्रयास गरेका छौं ।

नेपाली बजारमा १५० सीसी इन्जिन क्षमताको पल्सर सर्वाधिक बिक्री हुने मोडलमा पर्छ भने होन्डा एक्सव्लेड पनि निकै राम्रो बिक्री हुने मोडल हो ।

बजाजले आफ्नो सर्वाधिक बिक्री हुने पल्सर १५० लाई दुई भेरियन्टमा बिक्री गर्दै आएको छ । रेगुलर मोडल र टुइन डिस्क मध्ये ग्राहकले यसलाई आफ्नो आवस्यकता अनुसार छानेर किन्न सक्ने छन् भने एक्सव्लेड एउटा मात्रै भेरियन्टमा उपलब्ध रहेको छ ।

पल्सर १५० मा १४९.५ सीसी क्षमताको फोर स्टोक, २ भल्भ, टुइन स्पार्क, एयर कुल्ड डिटिएस–आई इन्जिन दिएको छ । उही होन्डा एक्सव्लेडमा १६२.७१ सीसी एयर कुल्ड, फोर स्टोक एसआई इन्जिन दिएको छ ।

हाेन्डा एक्सव्लेडकाे डिटेल थाहापाउन यहाँ क्लिक गर्नुहाेस्

दुबै मोटरसाइकलको पावर लगभग उस्तै रहेको छ । होन्डा एक्सव्लेडले ८५०० आरपीएममा १४.१२ पीएस पावर र ६००० आरपीएममा १३.९ एनएम टर्क प्रदान गर्छ ।

त्यसैगरी पल्सरमा रहेको इन्जिनले ८००० आरपीएममा १४ पीएस पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क प्रदान गर्छ । दुबै मोटरसाइकलमा काब्रुरेटर इन्जिन र ५ स्पीड गियरबक्स दिइएको छ ।

एक्सव्लेडले ० देखि ६० किलोमिटरको रफ्तार भेट्टाउन ५.३ सेकेन्ड लगाउने छ भने पल्सरले ५.६ सेकेन्डमा भेट्टाउने छ । दुबै मोटरसाइकलको टप स्पीड क्षमता ११० किलोमिटर प्रतिघण्टा रहेको छ ।

पल्सर १५० काे डिटेल हेर्न यहाँ क्लिक गर्नुहाेस्

मोटरसाइकललाई आरामदायी बनाउन पल्सरमा अगाडि एन्टी फिक्सन बुससहितको टेलिस्कोपिक र पछाडि ५ तरिकाले एड्जस्ट गर्न सकिने निट्रोक्स सक एब्जर्बर दिएको छ । एक्सव्लेडमा भने अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोसक दिएको छ ।

दुबै मोटरसाइकलमा एबीएस सुविधा उपलब्ध छैन भने किक र सेल्फ स्टार्ट अप्सन दिइएको छ । डिजिटल स्पीडोमिटर, ट्रिप मिटर, डिजिटल फियुल इन्डिकेटर, लो फियूल वार्निङ ल्याम्प, डिजिटल ओडोमिटर जस्ता समान विशेषता रहेको छ ।

मूल्यको हिसावले पल्सर १५० सस्तो रहेको छ । यसको रेगुलर भेरियन्टको मूल्य २ लाख ५३ हजार ९०० रुपैयाँ रहेको छ । त्यसैगरी होन्डा एक्सव्लेडको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top