भारतमा ब्रेजा पहिलो स्थानमा हुँदा भेन्यू, नेक्सन, एक्यूभी ३०० र इकोस्पोर्टको बिक्री कति ?

भारतीय बजारमा मासिक २ लाख ५० हजार हाराहारीमा कार बिक्री हुँदै आएको छ । पछिल्ला दिनमा ह्याचव्याक कारको बिक्री बढ्न सकेको छैन भने सेडान कारको बिक्री निरन्तर ओरालो लागि रहेको छ ।

यस्तोमा एकपछि अर्को सब फोर मिटर सेग्मेन्टमा कम्प्याक्ट एसयूभीहरु आई रहेका छन् । सबै कम्प्याक्ट एसयूभीले व्यापार पनि निकै राम्रो गरिरहेका छन् । डिसेम्बर महिनामा भारतीय बजारमा मारुती सुजुकी भिटारा ब्रेजाले सबैभन्दा राम्रो व्यापार गर्न सफल भएको छ ।

डिसेम्बर २०१९ मा ब्रेजाको बिक्री १३ हजार ६५८ यूनिट भएको छ । ब्रेजालाई ९ हजार ५२१ यूनिटसहित दोस्रो स्थानमा रहँदै हुन्डाई भेन्यूले पछ्याएको छ ।

त्यसपछि तेस्रो, चौथो र पाँचौ स्थानमा टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३०० र फोर्ड इकोस्पोर्ट रहेका छन् । यी मोडलको बिक्री क्रमश ४ हजार ३५०, २ हजार १३२ र १ हजार ७२७ यूनिट भएको छ ।

हुन्डाई भेन्यूको बजारमा प्रबेशसँगै सबैभन्दा बढी फोर्ड इकोस्पोर्टले आफ्नो बजार गुमाएको छ ।


Back_to_top