कारमा उपलब्ध ‘ड्राइभर वार्निङ सिस्टम’, किन चल्दैन नेपालमा

काठमाडौं । केही वर्ष अगाडिसम्म कारहरुमा प्रयोग हुने टेक्नोलोजिमा आधारित सुरक्षा फिचर सबैको लागि नौलो विषय थियो । सन् २०११ टोयोटाले गलत बाटोबाट गाडी चलाउने चालकलाई सावधान गराउन नयाँ सुरक्षा फिचर ल्यायो । टोयोटाले ल्याएको ‘ड्राइभर वार्निङ सिस्टम’को सफलतासँगै २०१४ मा मर्सिडिज बेञ्च एस क्लास र इ क्लासमा यस्तै फिचर समेटिएको थियो ।

सन् २०१५ मा बोस्चले ‘रङ वे ड्राइभर वार्निङ सिस्टम’ निर्माण गर्यो । जुन स्मार्ट फोनमा कनेक्ट गरेर चलाउन सकिने किसिमको थियो । यस्ता नयाँ टेक्नोलोजीले सडकमा गाडी चलाउँदा चालकको ध्यानलाई एकिकृत गर्न सहयोग पुर्याउने हुँदा विश्वव्यापीरुपमा यसको प्रयोगले दुर्घटना न्यूनिकरणमा सहयोग पुगेको छ ।

अब समय निकै फेरिएको छ । करिब ५ वर्षमा नै यसले त्योभन्दा परिष्कृत र आधुनिक स्वरुप ग्रहण गरिरहेको छ । यस्तोमा पछिल्ला दिनमा भारतीय बजारमा उत्पादन भइरहेका कारहरुमा पनि यस्ता विशेषता पाउन सकिन्छ । जुन नेपाली सडकमा उपलब्ध कारमा पनि रहेको छ ।

यस्ता संकेत चिन्नहरु निर्माण गर्न र सडकमा लेन कोर्न सरकारी तवरबाट तदारुकता देखाउनु जरुरी हुन्छ । यसकालागि राज्यले धेरै ठूलो लगानी गर्नु पर्ने अवस्था पनि छैन ।

हुन्डाई मोटर्सले ल्याएको कान्छो एसयूभी भेन्यू होस् वा एमजीले ल्याएको हेक्टर होस् यी गाडीमा ‘इन व्यूल्ट’ सिमकार्ड सहितको सुरक्षा वार्निङ फिचरहरु पाउन सकिन्छ । भेन्यू नेपालमा बिक्री भइरहेको छ भने हेक्टरपनि केही समयपछि नेपाल आउने छ ।

हाम्रो जस्तो लापरर्वाही तरिकाले चालकले गाडी चलाउने सडकमा यस्तो फिचर भएको गाडीको आवस्यकता झन् धेरै महशुस भइरहेको छ ।
नेपालमा हुने दुर्घटनाका अधिकांश घटना चालकको लापर्वाहीको कारण हुनेहुँदा यसलाई कुनैपनि माध्यमले प्रयोगमा ल्याउन सक्ने हो भने दुर्घटनाका समाचार कम आउने थिए ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा दैनिक ६ जनाले दुर्घटनाको कारण ज्यान गुमाउनु परिरहेको छ । यस्तोमा बार्षिक २ हजार १९० जनाको जीवन अकालमा गइरहेको तथ्यलाई स्विकार गर्दै नयाँ मापदण्डसहितको ड्राइभर वार्निङ सिस्टमको प्रयोगमा नेपाल सरकारले सोच्नु पर्ने अवस्था आइसकेको छ ।

त्यसकालागि राज्यले केही पूर्वाधारलाई प्रविधिमैत्री बनाउनु पर्ने हुन्छ । अहिलेकै अवस्थामा भने हामी हाम्रा बाटाहरुमा यस्तो प्रविधिको प्रयोग गर्न सक्दैनौं । त्यसको लागि सडकमा ट्राफिक साइनहरुको आवस्यकता पर्छ । यस्ता संकेत चिन्नहरु निर्माण गर्न र सडकमा लेन कोर्न सरकारी तवरबाट तदारुकता देखाउनु जरुरी हुन्छ । यसकालागि राज्यले धेरै ठूलो लगानी गर्नु पर्ने अवस्था पनि छैन ।

हरेक स्थानिय निकायले आफ्नो क्षेत्रमा पर्ने मुख्य सडकहरुमा यो काम गर्न सक्छन् । आफ्ना नागरिकको जीवन रक्षा हरेक तहमा बनेका सरकारको हो । त्यसैले चाँडोभन्दा चाँडो स्थानिय सरकारले यसको लागि वातावरण निर्माण गर्नु पर्ने हुन्छ ।


Back_to_top