काठमाडौं । सिप्रदी र केही सीमित ब्राण्ड मात्रै रहेको बजारमा अहिले दर्जनौं अन्तर्राष्ट्रिय ब्राण्ड बीचको तीव्र प्रतिस्पर्धा चलिरहेको छ । नेपालमा अटोमोबाइल क्षेत्र सधैं उतारचढाव पूर्ण देखिन्छ । मैले ३० वर्ष प्रत्यक्ष रूपमा यहाँको उतारचढावलाई हेरेको छु । सुरूमा सिप्रदी, मारुती सुजुकी, टोयोटाजस्ता ब्राण्ड मात्रै थिए । त्यतिबेला धेरै पैसा हुनेले मात्रै गाडी किन्थे ।
माओवादी द्वन्द्वको समय व्यापर गर्न कठिन थियो । शान्ति प्रक्रियासँगै अटो क्षेत्रमा विस्तार आयो । क्रमशः मानिसले यसलाई विलासीको ठाँउमा आवश्यकताको साधन मान्न थाले । अहिले आएर पुरै अटोमोबाइल क्षेत्रको ‘डाइनामिक्स’नै परिवर्तन भएको देख्दैछु ।
अहिले बजारमा ‘कम्पिटिसन’ धेरै छ । ईभी त्यसमा पनि चिनियाँ उत्पादनले बजारमा बलियो पकड बनाएका छन् । अन्य देशका उत्पादन पनि अहिल्यै निरास हुनु पर्ने अवस्था छैन ।
उपभोक्ताले धेरै विकल्प पाउनु खुल्ला बजार अर्थतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । बजार माग अनुसार अन्तर्राष्ट्रिय स्तरका प्रोडक्टहरू आउँदैछन् । नेपाली प्रोडक्ट पनि बन्न थालेका छन् । समग्रमा प्रतिस्पर्धासँगै विकासको फड्को देखिन थालेको छ ।
‘भविष्यप्रति आशावादी बन्नु पर्छ’ भन्ने एलन मस्कको भनाइ बुझेर अगाडि बढ्नु पर्छ । चुनौतीपूर्ण बजारमा सफलता हासिल गर्नुको विकल्प हुँदैन । हरेक क्षेत्र बढाउने विषयमा छलफल हुनुपर्छ । काम गर्न नसक्नेहरूको बहाना त सयवटा पाइन्छन् ।
चिनियाँ ईभीको बढ्दो प्रभाव, भारतीय बजारको प्रतिस्पर्धा र नयाँ ब्राण्डको आगमनलाई चुनौतीभन्दा पनि बजारले आफ्नो ठाउँ खोज्ने प्रक्रियाको रूपमा बुझ्नु पर्छ । अहिलेको प्रतिस्पर्धाको सबैभन्दा सकारात्मक पक्ष भनेको ग्राहकले पाएको विकल्प हो ।
उपभोक्ताले धेरै विकल्प पाउनु खुल्ला बजार अर्थतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । बजार माग अनुसार अन्तर्राष्ट्रिय स्तरका प्रोडक्टहरू आउँदैछन् । नेपाली प्रोडक्ट पनि बन्न थालेका छन् । समग्रमा प्रतिस्पर्धासँगै विकासको फड्को देखिन थालेको छ ।
नाडा अटो शोमा स्केल बढ्दै गयो
नेपालको अटोमोबाइल इतिहासमा नाडा अटो शो अहिले एउटा ठूलो व्यावसायिक र सार्वजनिक कार्यक्रमका रूपमा स्थापित छ । तर यो अवस्था सुरूमै बनेको होइन ।
मैले पाँच वर्ष लगातार नाडा अटो शोको संयोजक भएर काम गर्ने अवसर पाए । त्यस समय अटो शोको आकार, प्रस्तुति र व्यवस्थापनलाई नयाँ स्तरमा लैजाने प्रयास भएको थियो ।
शेखर गोल्छा अध्यक्ष हुनुहुन्थ्यो । उहाँले ‘दाहालजी, अब तपाईँले अटो शो हेर्ने है’ भन्नुभयो । मैले अध्यक्ष दिएको जिम्मेवारी निर्वाह गरेँ । तर, यो काम म एक्लैले गरेको थिइँन । ‘टिमवर्क’ थियो । त्यसमा पनि सिप्रदीमा हामीले विकास गरेको ‘टिमवर्क कल्चर’ अटो शोमा पनि भित्रियो । टिमले काम गरेपछि अटो शोको ‘स्केल’ नै बढ्यो ।
नाडा अटो शोमा नयाँ र व्यावसायिक भेन्डरको सुरूवात गरियो । व्यवस्थापनको ढाँचा परिवर्तन गरियो र सबै सहभागीलाई समान नियमभित्र राख्ने प्रयास गरियो । यसले नियम सबैलाई समान हिसावले लाग्यो ।
इगो राखियो भने व्यावसायिक हित हुँदैन । बजारमा प्रतिस्पर्धा गर्नुपर्छ, तर इगो राखेर होइन, शुद्ध व्यावसायिक हिसाबले गर्नुपर्छ । यदि, इगो नराखी काम गर्ने हो भने नाडा र नाइमा दुवैले व्यवसायीक हित रक्षा गर्न सक्छन् ।
क्रमिक रूपमा स्टलको आकार बढउँदै लगियो । स्टलहरूमा अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति गर्न खोजियो । व्यवसायीहरूले पनि अटो शोमा लगानी बढाउँदै लगे । वातावरण बनेपछि व्यवसायी खुल्छन् । खुलेर लागेपछि खर्च पनि धेरै हुन्छ । त्यसले अटो शोमा रौनक ल्यायो । जुन अहिले झनै बढ्दै गएको छ ।
अटो शो र ‘बटमलाइन’
मैले नाडाको नेतृत्व गर्ने अवसर पनि पाए । नाडाको नेतृत्व गर्दा मैले आफ्नो व्यावसायिक गुरू प्रभाकर शमशेरको एउटा भनाइ ‘At the end of the day Dahalji, we have to count the money’ सधैं सम्झेर काम गरेँ ।
सामाजिक संस्थाले कमाइ गर्ने कुरामा धेरैको विमती होला । तर, अटो शोबाट कमाइ गर्नु गलत सोच थिएन । बरू संस्थालाई अन्य गतिविधि गर्न र सामाजिक काममा खर्च गर्न कोष चाहिन्थ्यो । त्यसैले म अध्यक्ष हुँदा एउटा अटो शो गर्दा हाम्रो बटमलाइन १ करोड बचत गर्ने थियो । सायद त्यतिबेला हामीले १ करोड १८ लाख रुपैयाँभन्दा बढी बचत गरेका थियौं ।
त्यति बेला स्टलहरूको मूल्य बढाइयो । म के कुरामा विश्वास गर्छु भने ‘म्यानेजर भनेको नै ब्याकवर्ड क्याल्कुलेसन गर्ने हो’, मेरो त्यो योजनामा साथीहरूले साथ दिनु भयो । मूल्य बढाउँदा पनि सहजै स्टलहरू बिक्री भए । सबै व्यवसायीको साथले नाडा अटो शो स्थापित प्रदर्शनी बन्न पुग्यो ।
नाडा र नाइमा : समस्या संस्था होइन, ‘इगो’ जस्तो लाग्छ ।
पछिल्लो समय अटोमोबाइल क्षेत्रमा नाडा र नाइमा गरी दुईवटा संगठन सक्रिय छन् । दुई संस्थाबीचको सम्बन्ध, प्रतिनिधित्व र सरकारी एजेण्डालाई लिएर विभिन्न बहस भइरहेका छन् ।
दुई संस्था बन्नु नै समस्या हो जस्तो लाग्दैन । व्यवसायिक संगठनहरूको प्राथमिकता व्यक्तिगत अहंकारभन्दा व्यावसायिक हित हुनुपर्छ । यहाँ इगोले काम गरेजस्तो लाग्छ ।
इगो राखियो भने व्यावसायिक हित हुँदैन । बजारमा प्रतिस्पर्धा गर्नुपर्छ, तर इगो राखेर होइन, शुद्ध व्यावसायिक हिसाबले गर्नुपर्छ । यदि, इगो नराखी काम गर्ने हो भने नाडा र नाइमा दुवैले व्यवसायीक हित रक्षा गर्न सक्छन् ।
अरू केही स्टल छुटे पनि छुटोस्, यात्रीको स्टल चाहिँ जानु होला । नेपालमा बनेको प्रोडक्ट हेर्नु होला र आफ्नो प्रतिक्रिया पनि दिनु होला । यदि, नेपालमै बनेको उत्पादन अन्तर्राष्ट्रिय स्तरको छ भने त्यसमा नेपाली उपभोक्ताको अपनत्व र गर्व दुवै जोडिनुपर्छ ।
मलाई यहाँ नाडाको ‘रिप्लेसमेन्ट’ अहिल्यै कुनै संस्थाले गर्न सक्छ जस्तो लाग्दैन । नाइमाको पनि रिप्लेसमेन्टको बाटो देखिँदैन । दुवै संस्था आफ्नो ठाउँमा छन् । दुवैले व्यवसायिक हितमा सहकार्य गर्न सक्नुपर्छ । सरकारसँग बस्दा दुवै संस्थाका अध्यक्षले समान धारणा बनाएर बस्न सक्नु पर्छ । नकी एउटाले अर्काको विरोध ।
नाडाको शक्ति यसको ठूलो प्रतिनिधित्वमा छ । नाइमाले फरक प्रकृतिका व्यवसायीको दृष्टिकोण प्रस्तुत गर्न सक्छ । एजेन्डामा सहकार्य भयो भने दुवै पक्षलाई राम्रो हुन्छ ।
अटो शोको प्रतिस्पर्धामा फाइदा ग्राहकलाई फाइदा
जतिवटा अटो शो भए पनि त्यसको सिधा फाइदा उपभोक्ताले पाउनु पर्छ । तीन दशकअघि सीमित ब्राण्ड र सीमित विकल्प थिए । अहिले प्रतिस्पर्धा उच्च छ । ‘पहिला दुई–तीनवटा प्रोडक्ट थिए । अहिले ‘कटथ्रोट कम्पिटिसन छ ।’
अहिले प्रतिस्पर्धा डिलर बीच मात्र छैन । बैंक, वित्तीय संस्था, बीमा र अटोमोबाइलका डिलरहरू बीच पनि छ । सबै ध्यान ग्राहक तान्नेमा छ । उनीहरूको प्रतिस्पर्धामा उपभोक्ताले फाइदा पाएका छन् । यो सबैभन्दा सुन्दर पक्ष हो ।
यात्रीप्रति विशेष आकर्षण
म आफू अटोमोबाइल क्षेत्रबाट पूर्णरूपमा बाहिरिएको छु । तर, मेरो आँखामा भने एउटा नेपाली उत्पादनप्रति अडिएको छ । त्यो हो यात्री मोटरसाइकल । मैले यात्री मोटरसाइकल र स्कुटर बनाउने टोलीको समर्पण र सिर्जनात्मकता क्षमता देखेको छु । त्यसले मलाई निकै प्रभावित बनाएको छ ।
प्रतिस्पर्धा बढोस्, संस्था अलग-अलग होउन्, ब्राण्डहरू थपिऊन् । तर, इगोभन्दा व्यावसायिक हित ठूलो बनाएर अगाडि बढ्न सक्नुपर्छ । अन्ततः क्षेत्र बलियो बनाउने काम सबै मिलेर गर्नुपर्छ ।
उत्पादन डिजाइन गर्ने मानिसहरू केवल इन्जिनियर वा व्यवसायी मात्र हुँदैनन् । उनीहरू कलाकारको जस्तो सिर्जनात्मकता पनि हुन्छ । नेपाली बजारको आवश्यकता बुझ्दै यात्री टीम मोटरसाइकलबाट स्कुटरतर्फ गएको छ । यसले नेपालमा एउटा ठूलो क्रान्ति ल्याउने देख्दैछु । यात्रीको इन्जिनियरिङ टीम धेरै हल्ला नगरी विश्वस्तरीय उत्पादन बनाउन सक्षम देखेको छु ।
त्यसैले नाडा अटो शो २०२६ अवलोकन गर्न जाने सबैमा मेरो एउटा विशेष अनुरोध छ । ‘अरू केही स्टल छुटे पनि छुटोस्, यात्रीको स्टल चाहिँ जानु होला । नेपालमा बनेको प्रोडक्ट हेर्नु होला र आफ्नो प्रतिक्रिया पनि दिनु होला ।’ यदि, नेपालमै बनेको उत्पादन अन्तर्राष्ट्रिय स्तरको छ भने त्यसमा नेपाली उपभोक्ताको अपनत्व र गर्व दुवै जोडिनुपर्छ ।
अन्त्यमा,
युद्ध, राजनीतिक अस्थिरता, बजारको विस्तार, नयाँ ब्राण्डको आगमन र प्रविधिको परिवर्तन हामीले पछिल्ला ३० वर्षमा देखेका छौं । आज बजारमा ईभीको बाढी छ । चिनियाँ ब्राण्डहरूको संख्या बढिरहेको छ । प्रतिस्पर्धा तीव्र छ । पुराना व्यवसायिक संरचनाहरू परिवर्तन भइरहेका छन् । अटोमोबाइल क्षेत्रमा काम गर्नेहरूको संगठन पनि विभाजित भएका छन् । तर, यो अन्त्यको संकेत होइन, ग्राहकले बढी विकल्प पाएका हुन् ।
विगत सधैँ राम्रो र भविष्य सधैँ गाह्रो जस्तो लाग्ने मान्छेको स्वभाव हो । भविष्यप्रति आशावादी हुनुको विकल्प हुँदैन । प्रतिस्पर्धा बढोस्, संस्था अलग-अलग होउन्, ब्राण्डहरू थपिऊन् । तर, इगोभन्दा व्यावसायिक हित ठूलो बनाएर अगाडि बढ्न सक्नुपर्छ । अन्ततः क्षेत्र बलियो बनाउने काम सबै मिलेर गर्नुपर्छ ।
(नाडाका पूर्वअध्यक्ष दाहालसँग गरिएको कुराकानीमा आधारित)


