१५० सीसीको एड्भेन्चर बाइकमा सिधै ५० हजार छुट

काठमाडौं । चिनियाँ मोटरसाइकल ब्राण्ड जोन्टेसले नेपालीमा बिक्री गर्दै आएको १५० क्षमताको जोन्टेस ‘जेडटी-१५०-यू१’मा सिधै ५० हजार नगद छुट दिने भएको हो ।

जोन्टेसको आधिकारिक बिक्रेता आइरन मंक नेपालले एड्भेन्चर मोटार्ड डिजाइनको मोटरसाइकल ५ लाख ९९ हजार ९०० रुपैयाँ मूल्य तोकेर बिक्री वितरण गर्दै आएको छ ।

जेडटी-१५०-यू१ मोटरसाइकलमा १५५ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, फोर भल्भ इन्जिन प्रयोग गरिएको छ । उक्त इन्जिनले १८ पीएस पावर प्रदान गर्छ । यसको अधिकतम पीकटर्क १६ न्यूटन मिटर रहेको छ । मोटरसाइकलमा ६ स्पीड गियर गियरबक्स र स्लिपर क्लच पाउन सकिन्छ ।

सुरक्षाका लागि अगाडि र पछाडि दुवै पाँग्रामा डिस्क ब्रेकसँगै डुअल च्यानल एबीएस उपलब्ध छ । १२.५ लिटर क्षमताको इन्धन ट्यांकी र क्रस-स्पोक ट्युबलेस ह्वील प्रयोग भएको छ ।

जोन्टेस यू१ मा किलेस इन्ट्री, इको र स्पोर्ट गरी दुई राइडिङ मोड तथा सबै लाइटहरू एलईडी पाउन सकिन्छ ।

आल्मुनियमका विभिन्न कम्पोनेन्ट र एन्टी-रस्ट ग्याल्भानाइज्ड इन्धन ट्यांकीले रहेको यो प्रिमियम मोटरसाइकलमा कम्पनीले सर्भिसमा श्रम शुल्क आजीवन निःशुल्क उपलब्ध गराउने जनाएको छ ।


Back_to_top