बुटवल । युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै आयोजना गरिएको पल्सर आरपीएम बुटवल सफलतापूर्वक सम्पन्न भएको छ ।
बुटवलस्थित ढुंगा स्केट-एड स्केट पार्कमा आयोजना गरिएको कार्यक्रममा करिब २,५०० जनाको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
पल्सर आरपीएम बुटवलमा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी तथा डिजे प्रस्तुतिसहित सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि र प्रस्तुति रहेका थिए ।
पल्सर एन१६० मार्फत प्रस्तुत गरिएको स्टन्ट प्रदर्शनले कार्यक्रमको ऊर्जा थप बढाएको थियो भने स्थानीय कलाकार, राइडर तथा विभिन्न विधाका प्रतिभाको सहभागिताले कार्यक्रमलाई स्थानीय परिवेशसँग जोडेको थियो ।
कार्यक्रममा स्थानीय डिजे पिज्जा र डिजे नकआउटको प्रस्तुति समेत रहेको थियो । साथै, पल्सर एन१६० र एनएस२०० का डिस्प्ले तथा टेस्ट राइड जोनले सहभागीलाई मोटरसाइकललाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गरेको थियो । कफी, खानाका परिकार तथा गिफ्ट पपअप स्टलहरूले कार्यक्रमलाई थप अन्तरक्रियात्मक बनाएका थिए ।
पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभा र युवा समुदायलाई आफ्नो सीप, रुचि र सृजनशीलता प्रस्तुत गर्ने मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो । काठमाडौँबाट सुरु भएको पल्सर आरपीएम बुटवलसम्म विस्तार हुँदै स्थानीय युवा समुदाय र सडक संस्कृतिसँग थप नजिकिएको छ ।
कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने कलाकार, राइडर, डिजे, साझेदार, सञ्चारमाध्यम, आयोजक टोली, विक्रेता तथा कार्यक्रममा सहभागी सम्पूर्णलाई बजाज पल्सरले धन्यवाद व्यक्त गरेको छ। काठमाडौँबाट सुरू भएको यात्रा बुटवलसम्म आइपुगेको छ । अब पल्सर आरपीएमको यात्रा नयाँ शहर र नयाँ समुदायसँग जोडिँदै अघि बढ्नेछ ।

