काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा २ हजार ३०० युनिट बढी विद्युतीय कार (ईभी) आयात भएका छन् ।
गत साउन र भदौमा सम्पन्न नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा बुकिङ गरेकालाई डेलिभरी दिन व्यवसायीले ठूलो संख्यामा गाडी आयात गरेका हुन् ।
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी बन्दका बाबजूद व्यवसायीले कोरला नाका हुँदै गाडी आयात गरेका छन् । भारत, थाइल्याण्ड लगायत मुलुकबाट आयातमा भने समस्या छैन् ।
भदौमा करिब ३ दर्जनक ब्राण्डका ईभी नेपाल आयत भएका छन् । तीमध्ये करिब ७० प्रतिशत हिस्सा एसयूभीको रहेको छ । बजारमा उच्च माग भएसँगै एसयूभी आयात पनि बढेको हो ।
भदौमा सबैभन्दा धेरै आयात हुने एसयूभीको पहिलाे स्थानमा बीवाइडी एटो २ रहेको छ । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एक महिनामै ४१२ युनिट एटो २ आयात गरेको छ ।
त्यस्तै, दोस्रो धेरै आयात हुनेमा दीपल एस ०५ फाइभ रहेको छ । एमएडब्लू वृद्धि अटोकर्पले भदौमा ३२४ युनिट एस ०५ एसयूभी भित्र्याएको छ ।
त्यस्तै, तेस्रो धेरै आयात हुनेमा नामी भिगो रहेको छ । एमएडब्लू वृद्धिले भदौमा २७६ युनिट भिगो नेपाल ल्याएको छ । कम्पनीले मूल्य घटाएसँगै भिगोको माग उच्च छ ।
त्यस्तै, टाटाको पन्च ईभी चौथो स्थानमा छ । सिप्रदीले भदौमा मात्रै २२१ युनिट पन्च एसयूभी भित्र्याएको छ ।
पाँचौं धेरै आयात हुनेमा एमजी एस ५ रहेको छ । पारामाउन्ट मोटर्सले भदौमा १०५ युनिट एस ५ भित्र्याएको छ ।
पृथक डिजाइनकै कारण हटकेट बनिरहेको चेरीको आइकार भी २३ छैटौं धेरै आयात भएको छ । एसपीजी अटोमोबाइल्सले भदौमा १०२ युनिट आइकार भी २३ ल्याएको छ ।
सातौं धेरै आयात हुनेमा जेको जे सिक्स रहेको छ । एसपीजी अटोमोबाइल्सले भदौमा १०० युनिट जे सिक्स ल्याएको छ ।
अठौं धेरै आयात हुनेमा नयाँ ब्राण्ड नेभोको एसयूभी रहेको छ । एमएडब्लू वृद्धिले भदाैमै लन्च गरेको नेभो क्यू ०५ एसयूभी ८० युनिट ल्याएको छ ।
नवौंमा बीवाइडीको प्रिमियम एसयूभी सिलायन सेभेन रहेको छ । साइमेक्सले भदौमा ७६ युनिट सिलायन सेभेन ल्याएको छ ।
दशौंमा जेको जे फाइभ ७० युनिट आयात भएको छ । एसपीजी अटोमोबाइल्सले भदौमा उक्त संख्यामा जे फाइभ ल्याएको हो ।
त्यस्तै, भदौमा आयोन ३८ युनिट, नेक्सन ईभी ३५ युनिट, ओमोडा ई फाइभ २५ युनिट, क्रेटा ईभी २५ युनिट, लिपमोटर बी १० २८ युनिट, ओरा फाइभ १८ युनिट आयात भएको छ । यी बाहेक अरु मोडल भने न्यून संख्यामा भित्रिएका छन् ।

