सवारी साधन दर्ताको म्याद थप्न सरकारलाई नाइमाको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) सवारी साधन दर्ता प्रक्रियामा सजहीकरण गरिदिन सरकारसँग अनुरोध गरेको छ ।

नाइमाले यातायात व्यवस्था विभागलाई पत्रचार गर्दै प्राकृतिक विपद्का कारण समयमै सवारीसाधन दर्ता गर्न नसकेका व्यवसायीहरूको समस्या सम्बोधन गर्न अनुरोध गरेको हो ।

भन्सार जाँचपासपछि सवारीसाधन १५ दिनभित्र सम्बन्धित यातायात कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ । तर जोमसोम तथा बेनी क्षेत्रमा आएको बाढी र प्राकृतिक विपद्ले कोरला नाकाबाट भन्सार जाँचपास भएका सवारी साधन कार्यालयसम्म पुर्याउन र समयमै दर्ता गर्न अवरोध गरेको छ ।

यस विशेष परिस्थितिलाई ध्यानमा राख्दै सवारी दर्ताको म्याद थप्न नाइमाले विभागसँग आग्रह गरेको हो । साथै, अनावश्यक प्रशासनिक तथा आर्थिक भार नपर्ने गरी सहजीकरण गर्न नाइमाले विभाग समक्ष अनुरोध गरेको छ ।


Back_to_top