नवलपरासीमा बस दुर्घटना हुँदा २५ घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा यात्रुवाहक बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् ।

आज बिहान ६ः४० बजे धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु. प्र. ०१-००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो । बस दुर्घटनाका घाइतेलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Back_to_top