भायानेटले ल्यायो ‘आजको समस्या, आजै फिक्स’ सेवा

काठमाडौं । भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले ‘आजको समस्या, आजै फिक्स’ सेवा सुरू गरेको छ।

सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन्।

ग्राहकको समस्याको प्रकृति अनुसार भायानेटले रिमोट सपोर्टमार्फत वा आवश्यक परे प्राविधिक टोली ग्राहकको घरमै पठाएर समस्या समाधान गर्नेछ।

ग्राहक सेवामा विशेष प्राथमिकता दिँदै आएको भायानेटले यो सेवामार्फत इन्टरनेटमा समस्या आउँदा ग्राहकले लामो समय कुर्नुपर्ने अवस्थालाई कम गर्दै छिटो, सहज र भरपर्दो सेवा अनुभव प्रदान गर्ने विश्वास लिइएको जनाएको छ ।


Back_to_top