अनौठा फिचरले भरिएको हुन्डाईको उढ्ने कार

काठमाडौं । विश्वकै ठूलो इलेक्ट्रोनिक्स एक्स्पोमा हुन्डाईले उड्ने कारको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ । आगामी जनवरी ७ देखि १० तारिखसम्म अमेरिकाको लस भेगासमा आयोजना हुने कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पोमा हुन्डाईले उक्त कन्सेप्ट सार्वजनिक गर्ने भएको हो ।

यसलाई हुन्डाईले सहरी यातायातको नयाँ अवधारण अन्तर्गत रहेर उक्त कन्सेप्ट कार प्रदर्शनी गर्ने जनाएको छ । ‘पर्सनल एयर भेहिकल’(पीएभी) को रुपमा आउने यो कारले भविष्यमा सहरी क्षेत्रको यातायातमा ठूलो परिवर्तन ल्याउने अनुमान गरिएको छ ।

निकै परिष्कृत ‘कष्टुमेवल कन्सेप्ट’मा निर्माण हुने यो कारमा अटोनोमस ड्राइभिङको अलावा थुप्रै अनौठा फिचरले भरिपूर्ण हुने अनुमान गरिएको छ । यसमा दुईवटा स्मार्ट मोविलिटी डिभाइसको प्रयोग गरिने छ ।

हुन्डाईले ‘दि हव’ नामबाट यस्ता कार उड्ने र रोक्ने व्यवस्था गर्ने जनाएको छ । यस्ता हवबाट यी कारलाई सहजै टेक अफ र ल्यान्डिङ गर्न सकिने छ । यस्ता हवहरु विभिन्न समूदायमा छुट्टै निर्माण गर्नु पर्ने हुन्छ ।

उड्ने कार निर्माणमा विभिन्न कम्पनीले काम गरिरहेको समयमा हुन्डाईले ल्याउन लागेको यो कन्सेप्टले निकै ठूलो चर्चा पाउने सहजै अनुमान गर्न सकिन्छ ।


Back_to_top