पल्सर १६० एन सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । बजाज मोटरसाइकलले नयाँ मोडल पल्सर १६० एन मोडल सार्वजनिक गरेको छ । कम्पनीले आज भारतमा सार्वजनिक गरेको नयाँ मोटरसाइकल पल्सर २५० एनमा पूर्णरुपमा आधारित रहेको छ । तर यसलाई कम्पनीले पल्सर एनएस १६० को प्लेटफर्ममा तयार भएको हो ।

बजाजले यसमा एलइडी हेडल्याम्प, आइब्रो डिजाइनमा एलइडी लाइट, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की दिइएको छ ।

बजाजले पल्सर १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ ।

यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । जुन यसअघिको एनएस १६० भन्दा ठूलो हाे । तर, नयाँ इन्जिनको पावर भने पुरानोको तुलनामा कम छ । नयाँ इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । पुरानो एनस १६०मा उपलब्ध इन्जिनले १७.२ पीएस पावर तथा १४.६ एनएम टर्क जेनेरेट गथ्र्यो । नयाँ मोडलमा ५ स्पीड गियरबक्सलाई निरन्तरता दिइएको छ ।

बजाजले १६० एनमा सिंगल च्यानल र डबल च्यानल एबीएसको अप्सन दिएको छ । मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील, दिइएको छ । भारतीय बजारमा सिंगल च्यानल भेरियन्टको मूल्य १ लाख २३ हजार भारु रहेको छ भने डबल च्यानल भेरियन्टको १ लाख २८ हजार भारतीय रुपैयाँ रहेको छ ।


Back_to_top