बजारमा फर्कदै पल्सर १८०

काठमाडौं । बजाजले पल्सर १८० लाई पुनः नेकेड भर्सनमा ल्याउने भएको छ । कम्पनीले यसअघि नेकेड भर्सन बन्द गरेर पल्सर १८० एफ भारतमा मात्रै विक्री गर्दै आएको थियो । सुरुमा नेपालमा पनि विक्री हुने पल्सर १८० पछि बन्द भएको मोडल हो ।

बजाज मोटरसाइकलले आफ्नो पल्सर सिरिजलाई थप मजबुद बनाउन पल्सर १८० नेकेड भर्सनमा ल्याउन लागेको अनुमान गरिएको छ । विशेषत टीभीएस अपाचे सिरिज, हिरो एक्स्ट्रीम १६० आर र होन्डा हर्नेट १.० जस्ता मोडलसँग प्रतिस्पर्धामा खरो उत्रन कम्पनीले पल्सर १८० ल्याउन लागेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् ।

पल्सर १८० लाई १५० कै समान डिजाइनमा बजारमा उतार्ने प्रयास कम्पनीले गरिरहेको छ । दुबै चक्कामा डिस्क ब्रेक, हेलोजिन हेडल्याम्पको साथ ट्वीन पाइलट लाइट, विकिनी फियरिङ, मस्कुलर फ्यूल ट्याङक, सार्प टेल लाइट सेक्सन जस्ता विशेषता पल्सर १८० मा रहने छ ।

पल्सर १८० मा दुबै १७ इन्चको अलोय ह्वील प्रयोग हुने छ । पल्सर १५० को जस्तै सेमि डिजिटल इन्ट्रुमेन्ट कन्सोल रहने छ भने अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि ट्वीन ग्यास चार्जर शक एब्जर्बर रहने छ ।

बजाजले यसमा १७८.६ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिन प्रदान गर्नेछ । उक्त इन्जिनले अधिकतम १७.०२ पीएस पावर र १४.५२ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीड गियरबक्स रहने छ ।


Back_to_top