पल्सर २५० दुई फरक मोडलमा आउने, तिहार अगाडि नै विक्री सुरु हुँदै

काठमाडौं । पहिलो पटक प्रस्ट देखिनेगरी बजाजको नयाँ मोटरसाइकलको परिक्षण भइरहेको तस्विर वाहिर आएको छ । परिक्षण भइरहेको नयाँ जेनेरेसन पल्सर दुई अलग मोडलको रुपमा बजारमा आउने पक्का भएको हो ।

कम्पनीले नेकेड र सेमी फियरिङ डिजाइनमा नयाँ जेनेरेशन पल्सर बजारमा ल्याउने छ । परिक्षणको क्रममा यसअघि दुबै डिजाइन देखियो थियो भने यसपटक नजिकबाट सेमी फियरिङ डिजाइन देखिएको छ । संभवत यो मोडलले पल्सर २२० एफलाई विस्थापन गर्नेछ ।

यद्यपी मोटरसाइकललाई पूर्णरुपमा ढाकेर परिक्षण भइरहेकाले यसमा रहने सबै किसिमका फिचरको विषयमा भने पूर्ण जानकारी दिन सकिने अवस्था छैन । मोटरसाइकलमा व्ल्यूवाउस फ्यूल ट्याङ्क, स्लीक टेलल्याम्प, अगाडि कन्भेन्सनल टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको देख्न सकिन्छ ।

छोटो अप स्वीप्ट एग्जस्ट, अलोय ह्वील, दुबै चक्कामा सिंगल डिस्क ब्रेक, क्लीपअन ह्याण्डलवार, स्प्लीट सिट, स्प्लीट पिलियन ग्रावरेल, ड्यूल च्यानल एबीएस, फुल डिजिटल क्लष्टर, सबै लाइट एलइडी रहने छन् ।

२५० सीसी सेग्मेन्टमा आउने यसको पावर र टर्कको विषयमा अहिल्यै यस्तो हुन्छ भन्ने विषय भन्नु चाँडो हुनेछ । तर, केटीएम ड्यूक २५० मा रहेको इन्जिनमा आधारीत रहने अनुमान भने गर्न सकिन्छ ।

नयाँ जेनेरेशन पल्सर नयाँ प्ल्याटफर्ममा निर्माण भइरहेको छ । यसैले यसमा नयाँ फ्रेम र पहिलो पटक मोनोशक सस्पेन्सको प्रयोग भएको हुनेछ ।

कम्पनीले यसको विक्री सुरु गर्ने तयारी अगाडि बढाइसकेकाले भारतमा आगामी तिहार अगाडि नै यसको विक्री सुरु हुनेछ ।


Back_to_top