पल्सर १५० क्लासिक सार्वजनिक, मूल्य पुरानो भन्दा १० हजार सस्तो

काठमाडौं । बजाज मोटरसाइकलले आफ्नो चर्चित मोडल पल्सरको नयाँ संस्करण भारतीय बजारमा सार्वजनिक गरेको । बजाज पल्सर १५० क्लासिक नाम दिइइको यो बाइक निकै आर्कषक रहेको छ । 

अहिले यो बाइक एकमात्रै कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । कालो कलरमा उपलब्ध यो बाइकको सबै पार्टसहरु समेत कालोनै बनाइएको छ । कम्पनीले क्लासिक नामको पछाडी सबैले अफोर्ड गर्न सक्ने किसमले राखेको आंकलन भइरहेको छ । यो पल्सरको सबैभन्दा सस्तो मध्येको एक मोडल हो । यसअघि १३५ सीसी पल्सर यो भन्दा सस्तो मूल्यमा आएको थियो ।   

बजाज पल्सर १५० क्लासिक अत्यन्त नयाँ उत्पादन नभई पल्सर १५० को क्लासिक संस्करण भएको कम्पनीले जनाएको छ । यसमा ट्याङ्क एक्स्टेन्सन र स्पिल्ट सिट र पछाडिसमेत डिस ब्रेक रहेको छ । 

कम्पनीले यो बाइकलाई अहिले भारतको महाराष्ट्र (मुम्बाई) भित्रमात्र बिक्री वितरण सुरु गरेको जनाएको छ । तर, केही समयमा नै पल्सरको बिक्री वितरण हुने सबै देशमा उपलब्ध हुने छ । 

नयाँ पल्सर १५० क्लासिकमा दिइएको इन्जिन पुरानै १५० बाट लिइएको हो । यो वाइकको इन्जिन १४९ सीसी सिङ्गल सिलिन्डरमा रहेको छ । यसले ८००० आरपीएममा १४ बिएचपी र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । 

क्लासिक मोडल पुरानो स्टायर्डड पल्सर १५० टुइन डिस भन्दा करिब १० हजार १२० भारुले सस्तो रहेको छ, यसलाई महारष्ट्रमा ६७ हजार ४३७ भारुमा ग्राहकले किन्न पाउने छन् । कम्पनीले यो बाइकको बिषयमा आफ्नो वेभसाइटमा कुनै पनि जानकारी राखेको छैन । तर, मुम्बाईको सबै बजाज शो–रुममा यसलाई डिस्प्ले गरिसकेको एनडीटिभिले जनाएको छ । 


Back_to_top