टोयोटाको नयाँ मूल्यसूचीः रसमा १ लाखले बढ्दा, कुन मोडलको मूल्य कति ?

काठमाडौं । नेपालको लागि टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आफ्नो मूल्यमा पुनरावलोकन गरेको छ । 

कम्पनीले सरकारले आर्थिकबर्ष २०७५/७६को बजेटबाट अन्तःशुल्कमा वृद्धि गरेसँगै आफ्नो मूल्य परिमार्जन गरेको जनाएको छ । कम्पनीले बजेट अगाडी आएका गाडीको मूल्य प्रकाशन नगरी पुरानै मूल्यमा विक्री वितरण गर्दै अाएको जनाएको छ । 

नयाँ आउदै गरेको टोयोटा रसमा १ लाखभन्दा केही बढीले मूल्य वृद्धि भएको छ भने, हाइलक्स डबल क्याबमा २ लाख रुपैयाँ मूल्य बढेको छ । 

मूल्यसूची प्रकाशन भएको मध्ये फर्च्युनरको मूल्यमा ३० लाख रुपैयाँले बढेको छ । यसअघि १ करोड ३८ लाख मूल्य रहेको फर्च्युनर एटीको मूल्य १ करोड ६८ लाख भएको छ । बजेटबाट बढेको शन्तःशुल्क र सडक दस्तुरको वृद्धिले गाडीमा मूल्य वृद्धि भएको हो । 

यस्तो छ मूल्यसूची

                                                                            रकम रु. ०००।– हजारमा 

कारको
नाम

नयाँ मूल्य

सीसी

फर्च्युनर एटी

,६८,००

२७५५

फर्च्युनर एमटी

,५९,००

२७५५

हाइलक्स डबल क्याब

८२,५०

२७५५

हायास एसी

६८,००

२४९४

हायास फुलअप्सन

६९,०००


२४९४

रस एमटी मिड

६१,९०

१४९६

रस एटी मिड

६८,५०

१४९६

रस एमटी हाइट

७१,४०

१४९६

रस एटी हाइट

७५,५०

१४९६


Back_to_top