काठमाडौं । बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘पल्सर डेयर भेन्चर सिजन–४’ भोलि शनिबार अर्थात् नोभेम्बर १६ तारिकबाट सुरु हुने भएको छ । उक्त शो एपी १ टेलिभिजनमा राति ९ बजे प्रशारण हुनेछ ।
पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो । पहिलो पटक पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सिमाना पार गरेर १२ जना साहसी र निडर राइडरहरुलाई भारतको लद्दाखमा लगेको छ ।
राइडरहरुले आफ्नो बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्राभर असिमित रोमान्चक अनुभव बटुलेको बताइएको छ । उक्त डेयरभेन्चर विजेताले १० लाख रुपैयाँ नगद र नयाँ पल्सर एनएस २०० प्राप्त जित्ने छन् ।
पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ वटा सिजन पूरा गरिसकेको छ जुन क्रमश २०१४, २०१५ र २०१७ मा आयोजना भएको थियो ।

