होन्डाले स्पोर्ट एडभेन्चर कन्सेप्ट सिबीएक्स सार्वजनिक गरेको छ । कम्पनीले उक्त अवधारणा कै आधारमा सिबी–६५० आरको नेकेड र स्पोर्ट भर्सन समेत निर्माण गर्ने भएको हो ।
६५० सीसीको मिड रेञ्जमा निर्माण हुने सिबी ६५० आर र सिबीआर ६५० आर मोटरसाइकलमा फोर सिलिन्डर इनलाइन इन्जिन लगाइने होन्डाले जनाएको छ । यो सिबीएक्स फोरएक्सले यामाहा ट्रेसर ७००, बिएमडब्ल्यू एफ–९०० एक्सआरसँग प्रतिस्पर्धा गर्नेछन् ।
यो मोटरसाइकल होन्डाकै आइकोनिक मोटरसाइकल सिबी४००एफको स्वरुपसँग मिल्दोजुल्दो हुने कम्पनीले जनाएको छ । कम्पनीले हालैमात्रै सम्पन्न भएको EICMA मोटरसाइकल शोमा देखाएको सिबीआर १०००आरआर–आर सोही अवधारणामा निर्माण भएको बाइक हो ।
पछिल्लो समय होन्डा कम्पनीले आफुलाई एडभेन्चर मोडलको उत्पादनमा केन्द्रित गराउँदै आएको छ । प्यारलल् ट्वील ए टु इन्जिनयुक्त सिबी ५०० एफ, सिबीआर ५०० आर स्पोर्टर र सिबी ५०० एक्स कम्पनीको लाइनअपमा रहेका मोडल हुन् ।
उक्त नयाँ अवधारणा अनुसार निर्माण हुने मोटरसाइकलमा अपसाइड डाउन फर्क, रेडिअल्ली माउन्टेड ब्रेम्बो, स्ट्रेट थ्रु एससी प्रोजेक्ट एक्जस्ट जस्ता फिचर दिइएको छ । साथै, यी मोटरसाइकलमा आल्मुनिमयम सबफ्रेम, स्ट्रिकिङ टेल, सिंगल साइड स्विंगआर्म लगायतका विशेषता उपलब्ध हुनेछ ।

