एक वर्ष मासिक ११ हजार ७ सय तिर्दा ‘पल्सर एनएस’ किन्न पाइने

काठमाडौं । बजाजको आधिकारीक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ब्याज नलाग्ने स्कीममा मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । कम्पनीले मूल्यको ५० प्रतिशत डाउनपेमेन्ट गर्ने ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल उपलब्ध गराउँदै आएको हो ।

बजाजका सबै मोटरसाइकलमा यो स्कीम लागु भएको छ । त्यसमध्ये एनएस सिरिजको सबैभन्दा सानो मोटरसाइकल एनएस–१२५ किन्ने ग्राहकले मासिक ११ हजार ७ सय रुपैयाँ तिर्नुपर्छ ।

पल्सर एनएस बीएस ६ इन्जिनमा उपलब्ध छ । यसको मूल्य २ लाख ८० हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीले ल्याएको ब्याज नलाग्ने स्कीममा ग्राहकले पल्सर एनएस १२५ किन्ने ग्राहकले डाउन पेमेन्ट वापत १ लाख ४० हजार ४५० रुपैयाँ सुरुमा तिर्नु पर्ने हुन्छ ।

डाउन पेमेन्टपछि बाँकी रहेको ५० प्रतिशत रकम कर्जा लिन सकिन्छ । यसरी उपलब्ध कर्जा १ वर्ष भित्र मासिक ११ हजार ७०० रुपैयाँ हाराहारी तिरेर चुक्ता गर्नु पर्छ । कर्जा रकममा ब्याज लाग्ने छैन ।

एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिण्डर एयर कुल्ड, टु भल्भ बीएस ६ इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रोक्स मोनोशक सस्पेन्सन पाउन सकिन्पछ । यसको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।


Back_to_top