पानीबाट चल्ने कार, फुल ट्याङ्कीले २ हजार किलोमिटर चलाउन मिल्ने

काठमाडौं । अटोमोवाइल क्षेत्रको विकास र विस्तारसँगै विश्वभरमा नयाँ-नयाँ प्रविधिको खोज भइरहेका छन् । यस क्रममा वैज्ञानिकहरुले पेट्रोल, डिजेल, ब्याट्री इलेक्ट्रीक र हाइड्रोजन जस्ता चल्तीका कुनै पनि इन्धन प्रयोग नगरी गुड्ने कार बनाएका छन् ।

‘क्वान्टिनो ट्वान्टी फाइव’ नाम दिइएको यो गाडीमा कुनै पनि जैविक वा रासायनिक इन्धनको जरुरत पर्दैन । यसलाई चलाउन समुन्द्रको नुनिलो पानीको प्रयोग हुने दावी गरिएको छ ।

कसरी चल्छ त यो कार

‘क्वान्टिनो ट्वान्टी फाइव’लाई चलाउन प्रयोग हुने मुख्य स्रोत समुन्द्रको नुनिलो पानी हो । यदि यस्तो पानी नपाएको खण्डमा उद्योगबाट निस्कने ‘वेस्ट वाटर’को पनि प्रयोग गर्न सकिन्छ । यो कार चलाउन ‘नानो स्ट्रक्चर्ड मोलिक्यूल बाइ आयन टेकनीक’को उपयोग गर्न सकिन्छ ।

यो पानीले बायोक्यूलको जसरी काम गर्नेछ । यो नन् टक्सीस, नन् प्लेमेबल, नन् हाजाडीयस हुन्छ । यसैको सहयोगमा कारमा विजुली उत्पादन हुन्छ जसको सहायताले कारको चारैवटै चक्कामा रहेको मोटर चल्न छ र कार गुड्छ ।

परम्परागत कार तथा न्यू इनर्जी भेहिकलहरु ब्याट्री इलेक्ट्रीक वा हाइड्रोजन कारको जस्तै यसको पनि रेन्ज हुने गर्छ । यो क्वान्टिनो ट्वान्टी फाइव कारको रेन्ज एक पटकको फुल ट्याङ्कीले २ हजार किलोमिटर हुने कम्पनीको दावी छ ।

अझ यसको राम्रो पक्ष भनेको नुनिलो र वेस्ट वाटरबाट चल्ने भएपनि प्रदुषण गर्दैन । कम्पनीले यो कारलाई अहिलेसम्म ५ लाख किलोमीटर चलाएर सफल परिक्षण गरीसकेको जनाएको छ ।

क्वान्टिनो ट्वान्टी फाइव कारको डिजाइन फरारी, वेन्ट्ले, लेम्बर्गीनी, आउडी, मर्सिडिज वा बीएमडब्लूको कारहरु जस्तै सानदार सुपर कार डिजाइनमा आधारित छ । यो कारलाई शून्यबाट १०० किलोमिटरको गति भेट्टाउन जम्मा ३ सेकेन्ड लाग्ने छ । यो कारको अधिकतम स्पीड २५० किलोमिटर प्रति घण्टा रहेको छ ।


Back_to_top