डस्टर बन्द गरेको रेनोले ‘अर्काना’ एसयूभी ल्याउने

काठमाडौं । रेनोले भारतीय बजारमा क्वीड, टाइबर र काइगरको सफलतापछि नयाँ एसयूभी ल्याउने भएको छ । केही दिनअघि मात्रै डस्टरको उत्पादन बन्द गरेको रेनोले अर्काना एसयूभीको भारतमा परिक्षण सुरु गरेको हो ।

रेनोले नोभेम्बर २०२१ मा पुरुषहरुको स्वास्थ्य मुद्दामा जगरुकता ल्याउने उद्देश्यले ब्राण्ड एम्बेस्डरको रुपमा नयाँ एसयूभी अर्कानाको तस्विर सार्वजनिक गरेसँगै यसको उत्पादन भारतमा हुने विषयले चर्चा बटुलेको थियो । अहिले यसको परिक्षण सुरु भएको हो ।

रेनोले ४ महिना अघि आफ्नो शोसल मिडिया पेजमा अर्कानाको तस्विर सेयर गर्दै ‘वी आर रेडी’ लेखेको थियो । अब कम्पनीले डस्टरको उत्पादन बन्द गरेसँगै यसको परिक्षण सुरु गरेकाले अर्काना आउने लगभग पक्का भएको । नेपालमा पनि रेनो डस्टर विक्री हुँदै आएको थियो । भारतमा अर्काना आए नेपाली बजारमा पनि आउने छ ।

रेनो अर्काना यूरोपीयन बजारमा चर्चित क्रसओभर मोडल हो । हल्का कुपे डिजाइनबाट प्रेरित रहेको यसलाई एसयूभी भन्ने गरिएको छ । रेगुलर इन्जिन र हाइब्रिड मोडलमा यूरोपीयन बजारमा विक्री भइरहेको यो गाडीले यूरो एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

मिड साइज एसयूभी सेग्मेन्टमा आउने अर्कानाको लम्बाई ४५४५ एमएम, चौडाई १८२० एमएम र उचाई १५६५ एमएम रहेको छ भने २७२१ एमएम रहेको छ । २०८ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । जुन डस्टरको भन्दा धेरै हो ।

बोसको अडियो सिस्टम, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ९.३ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ३६० डिग्री क्यामेरा, एम्बीयन्ट लाइट जस्ता फिचर अर्कानामा रहेको छ । यूरोपमा अहिले हाइब्रिड मोडल र १.३ लिटर टर्बो इन्जिनमा यसको विक्री भइरहेको छ । भारतमा कम्पनीले के–कस्ता फिचर दिएर ल्याउँछ अहिल्यै भन्न सक्ने अवस्था छैन ।


Back_to_top