काठमाडौं । विद्युतीय कारसँगै हाइड्रोजन फ्यूलसेल कारको विकासमा कम्पनीहरु तिब्र गतिमा अगाडि बढेका छन् । रेनोले पनि आफ्नो पहिलो हाइड्रोजन फ्यूल सेल कारको टिजर सार्वजनिक गरेर वातावरणमैत्री साधन निर्माणमा अर्को फड्को मार्ने तयारी गरेको हो ।
रेनोले नयाँ कारको टिजर सार्वजनिक गर्दै आफ्नो हाइड्रोजनबाट चल्ने कारको कन्सेप्टलाई ‘अभूतपूर्व’ भनेको छ । यसअघि टोयोटा, हुन्डाई जस्ता कम्पनीले हाइड्रोजनबाट चल्ने कार विकासमा ठूलो लगानी गर्दै आएका छन् । विद्युतीय गाडीको सँगै हाइड्रोजनबाट चल्ने गाडीको विकासमा पनि कम्पनीहरु तिब्र गतिमा अगाडि बढेका छन् ।
रेनोले सार्वजनिक गरेको टिजरमा कन्सेप्ट कारको अगाडिको भाग देखाइएको छ । कम्पनीे सार्वजनिक गरेको टिजरमा उसको विद्युतीय कार मेगनसँग मिल्दो जुल्दो फ्रन्ट फेसिका रहेको छ । मेगनको जस्तै स्लीम एलइडी हेडलाइट र क्रसओभर लुक्स देख्न सकिन्छ ।
सन् २०३५ बाट पूर्णरुपमा प्रदुषण रहित भेहिकल विक्री गर्ने योजना बनाएको रेनोले मे २०२२ मा नयाँ कारको कन्सेप्ट सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

