काठमाडौं । नेपाली बजारमा डीएफएसकेको इलेक्ट्रीक ब्राण्ड सेरेसको नयाँ इभी सेरेस थ्री आउने भएको छ । यसअघि नै नेपालमा डीएफएसकेको इलेक्ट्रीक माइक्रो भ्यान डाँफे विक्री गर्दै आएको कम्पनी दिगो ग्रुपले सेरेस थ्रि नेपाल ल्याउने भएको हो ।
एमजीको जेडएस इभीसँग सिधा प्रतिस्पर्धा हुने सेरेस थ्री डीएफएसकेको ग्लोरी ५८० को साइजमा बनेको इलेक्ट्रीक एसयूभी हो । डीएफएसके ग्रुपको सान्ता क्लारा क्यालीफोर्नीया आरएण्डडी इनोभेसन सेन्टरमा डिजाइन भएको सेरेस थ्री एक इन्टेलीजेन्ट इलेक्ट्रीक भेहिकल हो ।
यो कारको क्याविनमा प्रशस्त लेदर मेटेरियलको प्रयोग गरिएको छ । यसमा १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । ३६० डिग्री क्यामरा, अटोमेटीक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटोहोल्ड, फ्रन्ट पार्किङ सेन्सर वायरलेस चार्जिङ जस्ता फिचर यसमा रहेका छन् ।
१०.२५ इन्चको फ्लोटीङ इन्फोटेन्मेन्ट सिस्टम, गाडी स्टार्ट भएपछि मात्रै निस्कने गियर नव, हिटेड फ्रन्ट सिट, पानारोमीक सनरुफ यसमा पाउन सकिन्छ ।

सुरक्षाका लागि ६ वटा एयरव्याग, लेन डिपार्चर वार्निङ, अपहिल डाउनहिल असिस्ट, एचएसए, डिएचए, पीइपीएस, टीपीएमएस, क्रुज कन्ट्रोल दिइएको गाडीले एक पटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्नेछ ।
सेरेस थ्रीमा ५३.६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । अधिकतम गति १५५ किलोमिटर प्रतिघण्टा रहेको यो कारलाई शून्यबाट १०० किलोमिटरको गति भेट्न ८.९ सेकेन्ड लाग्छ ।
चार्जिङको लागि फास्ट डिसी चार्जरको प्रयोग गर्दा २० बाट ८० प्रतिशत चार्ज गर्न केबल ३० मिनेट लाग्छ ।


