रेनोको दशैं अफर सार्वजनिक, ३ लाखसम्मको छुट पाइने

काठमाडौं । नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स अटोमोबाइल्सले चाडपर्व केन्द्रित योजना ‘रेनो शुभ कार-रम्भ’ सार्वजनिक गरेको छ । ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ ट्याग्लाइन सहित सार्वजनिक यस योजनामा ग्राहकले ३ लाखसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले यस योजना अन्तर्गत सजिलो फाइनान्स सुविधा, १ वर्षको निःशुल्क वार्षिक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टी जस्ता स्कीम पाउने कम्पनीले जनाएको छ । चाडपर्वको समयमा यी आकर्षक अफर ग्राहकको खुशीका महत्वपूर्ण पलहरु हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

एड्भान्स अटोमोवाइलले रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्वीड मोडलमा यो अफर लागु हुने जनाएको छ । रेनोले विक्री गर्दै आएको यी सबै कार अहिले नेपाली बजारमा सफल मोडलका रुपमा परिचित रहेका छन् ।


Back_to_top