नेपाल आयो टाइगुन एसयूभी, ४ दिनपछि विक्री सुरु हुँदै

काठमाडौं । फक्सवागनको कम्प्याक्ट एसयूभी टाइगुन नेपाल आएको छ । नेपालको आधिकारीक वितरक पुजा इन्टरनेशनल नेपालले असोज १५ गतेबाट विक्री सुरु गर्ने लक्ष्यसहित टाइगुन नेपाल ल्याएको हो ।

फक्सवागनले भारतमा उत्पादन गरेको पहिलो कम्प्याक्ट एसयूभीको रुपमा विक्री सुरु हुन लागेको टाइगुन आकर्षक डिजाइन र आधुनिक फिचरले भरिपूर्ण हुने अनुमान गरिएको छ ।

फक्सवागनको नयाँ एमक्यूबी एओआइएन प्ल्याटफर्ममा टाइगुनको सबैधन्दा ठूलो प्रतिस्पर्धी मोडल स्कोडा कुशक हो । यी दुबै गाडी फक्सवागन ग्राुपले सकोडाको नेतृत्वमा भारतमा उत्पादन गरेको हो । स्कोडाको कुशक यसअघि नै नेपालमा विक्री सुरु भइसकेको छ ।

टाइगुनमा सिंगल पिसको हेडलाईट, टुस्ल्याट क्रोम ग्रिल तथा लोअर बम्परमा प्रयोग भएको क्रोमले यसलाई कन्टेम्प्रोररी यूरोपियन डिजायन ल्याङ्वेजको फिल दिएको छ । त्यस्तै यसको वारपारसम्म फैलिएको टेललाइट क्लष्टर तथा रियर बम्परमा दिएको क्रोम एसेन्ट, ड्यूल टोन अलोय ह्वीलले यसलाई कुशकबाट धेरै भिन्न देखाएको छ ।

एप्पल कार प्ले तथा एन्ड्ररोइड अटो, माई फक्सवागेन कनेक्ट एपसहितको १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम, डिजिल इन्ट्रुमेन्ट क्लष्टर सहितको भिजुअल ककपिट यसमा रहने छ । अटोमेटिक क्लाइमेट कन्ट्रोल, यूएसवी टाइप सिपोर्ट, वायरलेस चार्जिङ प्याड, भेन्टीलेटेड सिट जस्ता धेरै विशेषता यसमा पाउन सकिन्छ ।

टाइगुन सेफ्टीको मामलामा समेत उत्कृष्ट रहने छ । यसमा ६ वटा एयरव्याग, इएससी, टायर प्रेसर डिफ्लेसन वर्निङ तथा आइएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ ।

फक्सवागेनले टाइगुनमा टिएसआई फेमेलीको दुई फरक क्षमताको पेट्रोल इन्जिन प्रयोग गरेको भएपनि सुरुमा नेपाली बजारमा १.० लिटर थ्रि सिलिण्डर टर्बो इन्जिन मात्र उपलब्ध हुनेछ । उक्त इन्जिनले ११५ एचपी पावर तथा १७५ एनएम टर्क जेनेरेट गर्ने छ । यसमा सीक्स स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स उपलब्ध हुनेछ । संभवत यसको मूल्य ५१ लाख रुपैयाँबाट नेपालमा सुरु हुनेछ ।


Back_to_top