सिप्रदीले नयाँ क्रसओभर कार भोलिबाट विक्री सुरु गर्दै

काठमाडौं । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले भोलिबाट नयाँ क्रसओभर कार एनआरजी फेसलिफ्टको विक्री सुरु गर्ने भएको छ । कम्पनीले क्रसओभर डिजाइनमा विक्री गर्न लागेको एनआरजीमा नयाँ इन्जिनको साथ थुप्रै कस्मेटिक परिमार्जन ग्राहकले पाउने छन् । यसअघि पनि सिप्रदीले एनआरजीको बीएस फोर मोडल विक्री गर्दै आएको थियो ।

टाटा एनआरजी निकै आक्रमक डिजाइनमा देखिएको छ । टियागोको क्रसओभर मोडलको रुपमा बजारमा उपलब्ध हुने एनआरजीको साइजपनि निकै ठूलो रहेको छ । यसको लम्बाई ३८०२ एमएम, चौडाई १६७७ एमएम र उचाई १५३७ एमएम रहेको छ । यसमा २४०० एमएमको ह्वीलवेस, १८१ एमएमको ग्राउन्ड क्लियरेन्स र २४२ लिटर क्षमताको बुट स्पेश ग्राहकले पाउने छन् । यसमा ३५ लिटरको इन्धन ट्याङ्की दिइएको छ ।

भारतमा लागु भएको नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको १.२ लिटर, थ्रि सिलिण्डर, रेभोर्टन इन्जिनमा आउने एनआरजीको अधिकतम ६००० आरपीएममा ८६ पीएस पावर र ३३०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्छ । यसलाई ५ स्पीड म्यानुयल र ५ स्पीड एएमटी गियरबक्समा नेपाल ल्याउने छ ।

यसमा अटो फोल्ड ओआरभीएम, फ्ल्याट बटम स्टेरिङ ह्वील, फलो मि–होम हेडल्याम्प, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभिङ सिट, एड्जस्टेवल स्टेरिङ, पुस बटम स्टार्ट जस्ता फिचर यसमा पाउन सकिन्छ । कम्पनीले यसको मूल्यको विषयमा कुनै जानकारी दिएको छैन ।


Back_to_top