काठमाडाैं । यामाहाको एमटी १५ बीएस ६ भर्सन आज सार्वजनिक हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा जारी महा एक्सचेन्ज मेलामा आज ३ बजे सार्वजनिक हुने भएको हो ।
कम्पनीले बीएस ६ भर्सनको मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । नयाँ दुई कलर अप्सनमा नेपाली बजारमा यामाहा एमटी १५ बीएस ६ भर्सन उपलब्ध हुनेछ ।
एमटी १५बीएस ६ चार कलरमा आउने भएको छ । एमटी १५ ब्ल्याक, मेटालीक ब्ल्याक, डार्क मेट ब्लु, आइस फ्लुओ भेरमिलियन करलमा उपलब्ध रहेको छ ।
एमटी १५ बीएस ६ खरिद गर्ने ग्राहकले २० हजार बराबरको एशोसरिज नि:शुल्क प्राप्त गर्नेछन् । एमटीको खरिदमा हेल्मेट, ज्याकेट, स्कीड प्लेट, ट्याङ्क प्याड, यूएसबी चार्जर तथा सिट कभर नि:शुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।






