नेपाल आउँदै किया क्लाभिस ईभी, ५७ लाखभन्दा कममै बिक्री सुरू हुने

काठमाडौं । दक्षिण कोरियाली ब्राण्ड कियाले भारतमा उत्पादन गरेको पहिलो इलेक्ट्रीक एसयूभी ‘क्लाभिस ईभी’ नेपाल आउने भएको छ ।

नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले किया क्लाभिस ईभी नेपाल ल्याउने भएको हो ।

कम्पनीले क्लभिस ईभी नेपाल ल्याउने प्रक्रिया समेत सुरू गरिसकेको छ । कम्पनीले चााडै बिक्री थालने तयारीका साथ क्लाभिस ईभीको अधिकतम खुद्रा मूल्य मूल्य प्रकाशन गरेको छ । कम्पनीले यो गाडीको खुद्रा मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

भारतीय बजारमा क्लाभिस ईभी ४२ किलावाट आवर र ५१.४ किलोवाट आवर ब्याट्री अप्सनमा उपलब्ध छ । कम्पनीले नेपाली बजारमा दुवै ब्याट्री वा एउटा मात्रै ब्याट्री अप्सनमा आउँछ भन्ने खुलाएको छैन । यी ब्याट्रीकले क्रमशः ४०४ किमी र ४९० किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

किया क्लाभिस ईभीले फास्ट चार्जिङ सपोर्ट गर्छ । जसबाट यसको ब्याट्री ३९ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । ६र ७ सिट अप्सनमा उपलब्ध क्लाभिस ईभीमा मोटर पनि दुई अप्सनमा पाउन सकिन्छ । यसको सानो मोटरले १३५ हर्ष पावर र ठूलो मोटरले १७१ हर्ष पावर शक्ति प्रदान गर्छ ।

किया क्लाभिस ईभीको बाहिरी डिजाइन झट्ट हेदाई पेट्रोल भर्सन जस्तै देखिन्छ । तर, ईभी भर्सनलाई फरक लुक्स दिन विशिष्ट बनाएको छ । नयाँ एरोडाइनामिक एलोय ह्वी, आधुनिक एलईडी डीआरएल र र पछाडि कनेक्टेड एलइडी टेल लाइट दिएको छ ।

यसको क्याबिन निकै आकर्षक छ । यसमा १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रीन र १२. ३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ । साथै, पानोरामिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस चार्जर, बोस प्रिमियम साउण्ड सिस्टम, भीटुएल लगायत सुविधा उपलब्ध छ ।

क्लाभिस ईभीमा डुअल हाइ रेजोल्युसन स्क्रीन, ३६० डिग्री क्यामेरा, ६ वटा एयर ब्याग, क्रुज कन्ट्रोल, पार्किङ सेन्सर, चारै चक्कामा डिस्क ब्रेक र विभिन्न सुविधा भएको एडास फिचर उपलब्ध छ ।

क्लाभिस ईभीले नेपाली बजारमा बीवाइडी एम सिक्स, वुलिङ एक्सियन, महिन्द्रा एक्सईभी नाइन एस लगायत मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीले क्लाभिस ईभी लन्च बारे आधिकारिक जानकारी दिएको छैन । तर, यही फेस्टिभ सिजनमा बिक्री सुरू गर्ने सम्भावना छ ।


Back_to_top