पहिलेभन्दा ५० पीएस बढी पावरफुल इन्जिनमा रेनो डस्टर

काठमाडौं । रेनोले निकै शक्तिशाली नयाँ इन्जिनमा ल्याउन लागेको डस्टर आगामी दिपावली आगाडिबाट बिक्री सुरु हुने अनुमान गरिएको छ । कम्पनीले डस्टरमा १.३ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिन लागेको हो । यसलाई कम्पनीले फेब्रुअरीमा आयोजना भएको अटो एक्स्पो २०२० मा शोकेस गरेको थियो ।

कम्पनीले नयाँ जेनेरेशन डस्टरमा दिन लागेको इन्जिन एचआर १३ डिडिटी हो । जसलाई निसानले किक्समा पनि प्रयोग गरेको छ । उक्त इन्जिनले १५६ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्ने छ । अहिले बिक्री भइरहेको पेट्रोल इन्जिनको तुलनामा नयाँ इन्जिनले ५० पीएस पावर र १०८ एनएम टर्क प्रदान गर्ने छ ।

पावर र टर्कको हिसावले नयाँ डस्टर निकै पवारफुल रहेको छ । यसमा ५ स्पीड म्यानुयल र सिभिटी दुबै गियरबक्स दिने कम्पनीले जनाएको छ । यो मोडलको बिक्री सुरुसँगै रेनोले डिजेल इन्जिनयुक्त डस्टरको उत्पादन बन्द गर्ने जनाइएको छ ।

नेपालमा पनि रेनो डस्टर निकै रुचाइएको मोडलमा पर्छ । अहिले रेनोले डस्टरको पेट्रोल इन्जिनयुक्त ४ भेरियन्ट र डिजेल इन्जिनयुक्त ६ भेरियन्टको बिक्री गर्दै आएको छ । जसको सुरुवाति मूल्य ३९ लाख ९० हजार रुपैयाँ रहेको छ ।


Back_to_top