होन्डाको सस्तो मोटरसाइकल किन्नेलाई यी हुन् ५ विकल्प

काठमाडौं । जापानीज मोटरसाइकल निर्माता कम्पनी होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङले नेपाली बजारमा १ लाख ८४ हजार मूल्यदेखिका मोटरसाइलक बिक्री गर्दै आएको छ । नेपालमा होन्डा मोटरसाइकल निकै चर्चित र सफल रहेको छ । स्याकार ट्रेडिङले होन्डाका मोटरसाइकल नेपालमा बिक्री सुरु गरेको ५१ बर्ष पुरा भइसकेको छ । होन्डाले अहिले नेपालमा विभिन्न २० मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ ।

कम्पनीले बिभिन्न १५ मोडलका मोटरसाइकल तथा ५ मोडलका स्कुटर बिक्री गरिरहेको हाे । हाेन्डाकाे १५० सीसी सेग्मेन्टमा ६ मोडल बिक्री हुँदै आएको छ । ती मध्ये ५ माेडलका मोटरसाइकल तीन लाख मूल्यभन्दा कम मूल्यमा बिक्री भइरहेका छन् ।

१. सीबी युनिर्कन १५०


नेपाली बजारमा निकै सफल भएको होन्डा युनिर्कनमा १४९.२ सीसीको सिगंल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १२.७ बीएच पावर तथा १२ एनएम टर्क जनेरेट गर्छ । यसको मूल्य नेपाली बजारमा २ लाख ६१ हजार मूल्य रहेको छ ।

२. होन्डा एक्स ब्लेड


होन्डा एक्स ब्लेडकाे मूल्य तीन लाख मूल्य भन्दा कम रहेको छ । यो मोटरसाइकलमा १६२ सीसी सिगंल सिलिन्डर इन्जिन रहेको छ ।
यो इन्जिनले १३.९ बीएच पावर तथा १३ं.९ एनएम टर्क जनेरेट गर्छ । यसको मूल्य २ लाख ९४ हजार ९ सय रुपैयाँ रहेको छ ।

३. सीबी साइन/एसपी

सीबी साइन नेपाली बजारमा १२५ सीसी सेग्मेन्ट लिडर मोटरसाइकल रहेको छ । यो मोटरसाइकलमा १२४ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले १०.१६ बीएच पावर तथा १०.३० एनएम टर्क जनेरेट गर्छ । सीबी साइन एसपीको मूल्य २ लाख ३१ हजार ९ सय रुपैया रहेको छ भने, सीबी साइनको मूल्य २ लाख ९ हजार ९ सय रुपैयाँ रहेको छ ।

४. सीडी १०० डीएक्स

सीडी १०० ड्रिम डीएक्समा १०९.१९ सीसी इन्जिन रहेको छ । यो इन्जिलने ७ हजार ५ सय आरपीएममा ८.२५ बीएच पावर तथा ५ हजार ५ सय आरपीएममा ८.६३ एनएम टर्क जेनेरेट गर्छ । नेपालको तराइ क्षेत्रमा यो मोटरसाइकल लोकप्रिय रहेको छ । यसको मूल्य १ लाख ८४ हजार ९ सय रुपैयाँ रहेको छ ।

५.सीबी युनिर्कन १६०


सीबी युनिर्कन नेपाली बजारमा २ लाख ७४ हजार ९ सय रुपैयाँँमा बिक्री भइरहेको छ । यो मोटरसाइकलमा १६२ सीसी सिंगल सिलिन्डर एयर कूल्ड इन्जिन रहेको छ । यो इन्जिनले १३.८२ बीएच पावर तथा १३.९२ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top