महांकलमा मोटरसाइकलदेखि तरकारी र दुधको गाडी संचालनमा पूर्ण रोक (पत्रसहित)

काठमाडौं । ललितरपुरको महांकाल गाउँपालीकाले आफ्नो गाउँपालीका भित्र सवारीसाधन संचालनमा पूर्ण रोक लगाएको छ । गाउँपालीकाले आज एक सूचना जारी गर्दै कुनै पनि किसिमको सवारीसाधन संचालनमा रोक लगाएको हो ।

गाउँपालीकाले आज जेठ ५ गतेदेखि आगामी जेठ १० गतेसम्मको लागि कुनै पनि किसिमको सवारी साधन नचलाउन भनेको हो ।

गाउँपालीकाले जारी गरेको सूचनामा तरकारी तथा दुध ढुवानी गर्ने साधनहरुको संचालनमा रोक लगाउने देखि मोटरसाइकल संचालनमा पनि पूर्ण रुपमा रोकलगाउने जनाएको छ ।

 


Back_to_top