रेनोले भारतीय बजारमा नयाँ सब कम्याक्ट एसयूभी एचबीसी बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले सिएमएफ प्लाटफर्ममा निर्माण गरिरहेको उक्त मोडल २०२० दिल्ली अटो शोमा सार्वजनिक गर्ने तयारी गरिरहेको रिपोर्ट बाहिर आएको छ ।
एचबीसीले डस्टरको दोस्रो संस्करणलाई निरन्तता दिने कम्पनीले जनाएको छ । यसकोम मूल्य ५ लाखदेखि आठ लाख भारुसम्म पर्न आउने कम्पनीले जानकारी दिएको उल्लेख गरिएको छ ।
यसमा नयाँ बीएस–६ मापदन्ड अनुसारको इन्जिन दिने कम्पनीले जनाएको छ । यसमा रेनो क्वीडमा दिइएको १.० लिटर इन्जिनमा टर्बाेचाज्र्ड सहित लगाउने कम्पनी स्रोतले जानकारी दिएको अटोकारले उल्लेख गरेको छ । पाँच स्पीड म्यानुअल र पाँच स्पीड एएमटी ट्रान्समिसनको साथ यो नयाँ एसयूभी आउने छ ।
एचबीसीले फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन, हुन्डाई भेन्यू र एक्सयूभी ३०० सँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । यसको लम्बाई ४ मिटरभन्दा केही कम हुने जनाइएको छ ।
रेनोका उत्पादन नेपाली बजारमा एड्भान्स अटोमोवाइलले बिक्री वितरण गर्दै आएको छ । अहिले भारतीय बजारमा उत्पादन हुने रेनो क्वीड, डस्टर, क्याप्चर र लोजी नेपाली बजारमा खरिद गर्न सकिने छ । यस्तोमा नयाँ आउने कम्प्याक्ट एसयूभी नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।


