रेनो काइगर ४ म्यानुयल र ३ अटोमेटिक भेरियन्टमा सार्वजनिक, यस्तो भेरियन्ट अनुसारको मूल्य

काठमाडौं । रेनोले काइगर एसयूभी विभिन्न ७ भेरियन्टमा नेपाल ल्याएको छ । कम्पनीले १.० लिटर नेचुरल एस्पायर्ड इन्जिनमा काइगर सार्वजनिक गरेको हो ।

काइगरको आरएक्सइ, आरएक्सएल, आरएक्सटी र आरएक्सजेड भेरियन्ट नेपाल आएको छ । कम्पनीले आरएक्सइ बाहेक अन्य तीन भेरियन्टलाई अटोमेटिक गियरबक्समा पनि नेपाल ल्याएको हो ।

कम्पनीले यसअघि नै आरएक्सई भेरियन्टको मूल्य २८ लाख ४९ हजार रहने घोषणा गरेको थियो । आज घोषणा भएको मूल्य अनुसार सबैभन्दा माथिल्लो भेरियन्ट आरएक्सजेड अटोमेटिकको मूल्य ३७ लाख ६९ हजार तोकिएको छ ।

काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर नयाँ एसयूभीमा पाउन सकिन्छ ।

कम्पनीले यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । जसमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका धेरै फिचर काइगरमा पाउन सकिन्छ ।

विभिन्न ६ फरक कलर भेरियन्टमा उपलब्ध काइगरमा १.० लिटर नेचुरल एस्पायर्ड इन्जिन अप्सन उपलब्ध रहेकाे छ । यसलाई ५ स्पीड म्यानुअल र सिभीटी गियरबक्समा ल्याएको हाे ।


Back_to_top